मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली नयाँ वर्ष २०७५ को उपलक्ष्यमा कोलोराडोमा घरबार बिहिनलाई खाना वितरण

नेपाली नयाँ वर्ष २०७५ को उपलक्ष्यमा कोलोराडोमा घरबार बिहिनलाई खाना वितरण


कोलोराडो (अमेरिका)- नेपाली नयाँ वर्ष २०७५ को उपलक्षमा कोलोराडोमा क्रियाशील लङमन्ट हिमालयज् लायन्स क्लबको आयोजनामा आइतबार घरबारबिहिन स्थानीयलाई नेपाली खाना  वितरण गरिएको छ । 
 
लङमन्ट नगर स्थित आवर सेन्टरमा आयोजित खाना वितरण कार्यक्रममा  १ सय ५० जना जना भन्दा बढी घरबार विहीन स्थानीयहरूले नेपाली खाना दाल,भात, तरकारी र खीर स्वाद लिई खुसी साथ खाएका थिए । उनीहरू ढोकाबाट भित्र पस्दा ओ स्मेल्स् गुड भन्दै पसेका थिए । खाना वितरण कार्यक्रमलाई सफलताका साथ सफल पार्न लायन्सका पदाधिकारी र समाज सेवीहरूको सक्रिय  सहयोग र सहभागिता गरेको थियो ।  
 
आइतबार ११.३० देखि सुरु भएको खाना वितरण कार्यक्रम दिउसो १.३० बजे सम्म सञ्चालन भएको थियो । खाना लायन्सका पदाधिकारीहरूले घर घरमा  तयार पारी ल्याएर वितरण गरिएका थिए । 
 
खाना वितरण स्थल आवर सेन्टरमा बिहान ९ बजे देखि नै आयोजक लङमन्ट हिमालयज लायन्स क्लबका पदाधिकारी, स्थानीय समाजसेवी लायन्सका ६ नर्थ इष्टका डिष्ट्रिक गर्भनर डेबिड डे, पूर्व डिष्ट्रिक गर्भनर केननोर गिल, ग्वोवल मेम्बर चेयर पर्सन देवमेण्डल हल, ६ नर्थ इष्टका द्धितिय उपाध्यक्ष मिसायल गिल, ६ नर्थ इष्टका चेयर पर्सन जोशन श्रेष्ठ, आवर सेन्टरका सुपरभाईजर केण्डी, लङमन्ट हिमालयज् लायन्स क्लबका पदाधिकारी, समाजसेवी, पत्रकार  लगायत विभिन्न १८ जनाले सक्रिय रूपमा स्वयंसेवक भई काम गरेका क्लबका अध्यक्ष प्रमोद श्रेष्ठले बताएका छन् । 
 
झण्डै दुईबर्ष अगाडी नेपालीको सकृयतामा खोलिएको लायन्स क्लबले नेपाली र अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा घरवार विहीन स्थानीयहरूलाई खाना वितरण लगायत विभिन्न सामाजिक कृयाकलाप गर्दै आएको छ ।