मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रहरी र विप्लवका कार्यकर्ताबीच दोहोरो झडप, १६ जना घाइते

प्रहरी र विप्लवका कार्यकर्ताबीच दोहोरो झडप, १६ जना घाइते


कैलाली । धनगढीको चौराहमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच दोहोरो झडप भएको छ । 
 
जनआन्दोलन दिवसको अवसर पारेर सरकारविरुद्ध भण्डाफोर तथा प्रतिरोध कार्यक्रम गरिरहेका नेकपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । 
 
प्रहरीले प्रशासनबाट अनुमतिविना -याली निकालेर सडक बन्द गर्न खोजेको र रोक्न खोज्दा प्रहरीमाथि हातपात गरेकाले झडप भएको जनाएको छ । धनगढीको ट्राफिक चौराहामा नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले संयुक्त रुपमा गरेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको थियो ।
 
नेकपाले आफ्ना कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेर घाइते हुनेगरी कुटपिट गरेको आरोप लगाएको छ भने यता प्रहरीले भने प्रशासनको अनुमतिबिना कार्यक्रम सञ्चालन गरेको, सडक अवरुद्ध गरेकाले रोक्न खोज्दा प्रहरीमाथि नै आक्रमण गरेको जनाएको छ । 
 
झडपमा परेर आफ्ना १६ जना कार्यकर्ता घाइते बनेको नेकपाका एक जिल्ला नेताले बताए । झडपमा संलग्न १५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।