मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

रञ्जु दर्शना अमेरिका आउंदै

रञ्जु दर्शना अमेरिका आउंदै


हिमालयखवर संवादददाता
अमेरिका- सानो उमेरमै काठमाडौ महानगरपालिकाको मेयर उम्मेदवार भएर चर्चित भएकी रञ्जु दर्शाना अमेरिकी सरकारको कार्यक्रममा सहभागी हुन केही साताका लागि अमेरिका आउंदै छिन् । 
 
अमेरिकी सरकार द्धारा प्रयोजित इन्टरनेश्नल भिजिटर, लिडरसिप प्रोग्राम (आईभीएलपी) मार्फत रञ्जु अमेरिका आउन लागेकी हुन् । उनीसंग अन्य तीन नेपाली पनि उक्त कार्यक्रममा सहभागी हुन आउंदै छन् । 
 
आईभीएलपी कार्यक्रममा थुप्रै नेपाली सहभागी भईसकेका छन् । राजनीतिज्ञ, पत्रकार, विभिन्न सरकारी गैरसरकारी संघ संस्थाका नेतृत्व तहमा वस्ने कर्मचारी थुप्रै व्यक्तित्वहरु यस अघि आईभीएपीमा सहभागी भईसकेका छन् । पुर्व सभामुख सुवास नेवागं, युवा नेता गगन थापा, नाम चलेका प्राय अधिकाशं पत्रकार यो कार्यक्रममा सहभागी भईसकेका छन् । 
 
यस कार्यक्रममा सहभागीलाई अमेरिकाका सरकारी, गैरसरकारी निकाय, विश्वविद्यालय भ्रमण गर्ने र त्यसका सम्वन्धित विज्ञसंग छलफल गर्ने मौका प्रदान गरिन्छ ।
 
रञ्जु अमेरिकामा सरकारी जवाफदेहिता, पारदर्शियता, राजनीतिमा महिला सहभागिता, नागरिक समाज, समाजिक उद्यमी जस्ता विषयमा विभिन्न निकायसंग छलफल गर्ने छिन् । काठमाडौ स्थित अमेरिकी दुतावासले रञ्जु अमेरिकामा आईभीएलपी कार्यक्रममा सहभागी हुन जान लागेको जानकारी राखेको छ । 
 
यस्तै रञ्जुले पनि आफ्नो फेसबुक वालमा सयुक्त राष्ट्र अमेरिका दुतावासको राजनीति र नागरिक समाजमा महिला विषयको कार्यक्रममा सहभागि हुन आज अमेरिका प्रस्थान गर्दैछु । यहांहरुको हौसला र साथले अझै बढी सिकेर आउंने छु भन्ने राखेकी छिन् । उनी कुन कुन शहरमा पुग्छिन यसवारेमा भने कुनै उल्लेख छैन ।