मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

धुर्मुश सुन्तली फ़ाउन्डेशनlलाई अमेरिकाको लसएन्जल्सबाट सहयोग

धुर्मुश सुन्तली फ़ाउन्डेशनlलाई अमेरिकाको लसएन्जल्सबाट सहयोग


लसएन्जल्स (अमेरिका)-  गत  फेब्रुअरी ११ गते आईतबारको दिन आम नेपालीहरुको गौरव नेपाल आइडलको तिन उत्कृष्ट गायकहरूबाट अमेरिका क्यालिफोर्निया  लसएन्जल्स शहरमा पनि भव्य रूपमा "मेघा कन्सर्ट " सम्पन्न गरिएको थियो ।
 
सो कार्यक्रमबाट अपेक्षित मुनाफा नभएपनि मातृभूमिका लागि योगदान गर्ने उध्येश्यले आयोजक मध्येका दुई टेक बहादुर लामा र बिरवल बुढाथोकीले प्रतिबद्धता गरे अनुसार $१०५० (अक्षररुपी १ लाख ७ हज़ार ६९२) सहयोग प्रदान गरिएको छ ।
 
सो रकम दुवै जना आयोजकहरूले धुर्मुश सुन्तली फ़ाउन्डेशनसँग आगामी दिनहरूमा पनि उनीहरूको राष्ट्र निर्माण अभियानमा समेत हातेमालो गर्ने प्रतिबद्धता गर्दै हिमालयखबरका पत्रकार एवं धुर्मुस सुन्तली फ़ाउन्डेशनका अमेरिका प्रतिनिधि शंकर राज वाग्लेको उपस्थितिमा फ़ाउन्डेशनलाई सो रक़म पठाइएको छ । 
 
नेपाल आईडलका कलाकारहरूलाई लसएन्जल्समा ल्याएर प्रस्तुत गरी नेपाली कला र संस्कृतिको प्रवर्दन गर्न पाउँदा आफूहरूलाई गौरवान्वित महसुस भएको र यसलाई  निरन्तरता दिने कुरा आयोजक द्वोय टेक बहादुर लामा र बिरबल बुढाथोकी बताए ।