मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

११ जना अमेरिकन मेडिकल टिम इटहरी जादै

११ जना अमेरिकन मेडिकल टिम इटहरी जादै


इटहरीमा अमेरिकी चिकित्सक टोलीले तिनदिने निशुल्क स्वास्थ्य शिविर संञ्चालन गर्ने भएको छ । कैलाश मेडिकल फाउन्डेसन तथा लायन्स क्लब इन्टरनेश्नल 4C3 को संयुक्त आयोजनामा बैशाख २,३ र ४ गते इटहरी ८ स्थित सरस्वति मा.बिमा शिविर संञ्चालन हुने भएको हो ।
 
शिविरमा दाँत र शरिरका सम्पुर्ण रोगहरुको निशुल्क परामर्श सहित उपचार सेवा प्रदान गरिने छ । औषधीहरु समेत निशुल्क प्रदान गरिने छ । निशुल्क स्वास्थ्य शिविरका लागी अमेरिकाबाट ११ जनाको चिकित्सक टोली नेपाल आउने छ ।
 
शिविरको लायन्स क्लब इन्टरनेश्नल 4C3 को जोन चेयर लक्ष्मी चौधरीले संयोजन गर्नुहुने छ ।
 
लायन्स क्लब इन्टरनेश्नल 4C3 का गभर्नर राजेन थापाको बिशेष पहल तथा सकृयतामा अमेरिकाकाबाट यो टिम नेपाल आउदै गरेको इटहरीका समाजसेवी रामु पोखरेलले जानकारी दिए । 
बिदेशमा बसेर पनि नेपालको स्वास्थ्य क्षेत्रमा थापाले देखाएको चासो प्रशसनिय रहेको पोखरेलको भनाई छ ।
 
अमेरिकाबाट आउने टिममा लायन्स क्लब इन्टरनेश्नल रिजन चेयर गेम्स भारजिसी समेत रहने छन् र लसएन्जल्स हिमालयन लाएन्स क्लवको अध्यक्ष सुर्य प्रसाईको पनि  यो शिविरमा सहभागिता हुनेछ ।
 
इटहरीमा संञ्चालन हुने शिविरलाई टेकनारायण चौधरी स्मृति प्रतिस्ठान सहित इटहरीका बिभिन्न संघसंस्थाले सहकार्य गर्ने छन । यही मेडिकल टिमले पहिले सप्तरीमा चैत्र २८, २९ र ३० गते स्वास्थ्य शिविर संञ्चालन गर्ने कार्यक्रम रहेको छ ।