मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

नयाँ विमान आएपछि निगमको वार्षिक आम्दानी पाँच अर्बले बढ्ने दाबी, डेढ वर्षभित्र आठ विमान ल्याईंदै

नयाँ विमान आएपछि निगमको वार्षिक आम्दानी पाँच अर्बले बढ्ने दाबी, डेढ वर्षभित्र आठ विमान ल्याईंदै


चैत २०, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले आगामी डेढ वर्षभित्र आठओटा नयाँ विमान खरीद गर्ने भएको छ । निगमले सेवा सुधार्ने कार्ययोजनाबारे मङ्गलवार पत्रकार सम्मेलन गरी जानकारी दिँदै अन्तरराष्ट्रिय र आन्तरिक सेवा दुवैतर्फ विमान थप्दै निगमको कुल आय बढाउँदै लैजाने बताएको हो ।
 
निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले आगामी १८ महीनाभित्र आन्तरिक उडानका लागि छ भाइकिङ ट्विनअटर र अन्तरराष्ट्रिय उडान गर्न दुई एयरबस न्यारोबडी (ए३२०–२००) विमान खरीद गरिने जानकारी दिए । नयाँ विमान थप्ने कार्यसँगै निगमसँग भएका सबै पुराना विमान आउँदो १८ महीनाभित्र प्रतिस्थापन गरिनेछ । हवाई सुरक्षालाई उच्च प्राथमिकता दिएर जुनसुकै मूल्य चुकाएर भए पनि सुरक्षाको मामलामा अन्तरराष्ट्रियस्तरमा नै पु¥याउने कार्य प्रारम्भ गरिने महाप्रबन्धक कंसाकारको भनाइ छ ।
 
निगमका अनुसार आउने असारभित्र दुईओटा ‘वाइडबडी’ विमान ल्याएर लामो उडान रुटमा उडान गर्ने योजनामा रहेको राष्ट्रिय ध्वजावाहकले थप दुई ‘न्यारोबडी’ एयरबस जहाजबाट क्षेत्रीय उडान विस्तार गरिनेछ । पछिल्लो सयम सन् २०१५ मा निगमले अन्तरराष्ट्रिय उडानका लागि एयरबस ए ३२०–२०० सिरिजका दुई विमान खरीद गरेको थियो । विमान थपेर गन्तव्य विस्तार गर्दै निगमलाई बढी नाफा कमाउनेतिर लैजाने योजना अघि सारेको छ ।
 
निगमलाई सुधार्न विमान थप्नुको विकल्प नरहेको भन्दै गन्तव्य विस्तार र बजारीकरणलाई तीव्रता दिइने महाप्रबन्धक कंसाकारले बताए । नयाँ वाइडबढी विमान आएपछि वार्षिक कम्तीमा पाँच अर्बको व्यापार बढ्ने निगमको दाबी छ । सन् २०१७ मा निमगले रू.सात करोड ५० लाख नाफा कमाएको बताएको छ । जहाज थप गरेपछि व्यवस्थापन र सुरक्षामा केन्द्रित हुने र त्यसका लागि विज्ञ परामर्शदाता नियुक्त गरिसकिएको निगमको भनाई छ । जहाज थपिएपछि बाहिरबाट जनशक्ति व्यवस्थापन गर्ने र हवाई सुरक्षाका लागि संसारकै नयाँ प्रविधि जडान गर्ने रणनीति निगमको योजनामा रहेको छ ।
 
निगमसँग हाल दुई एयरबस ए ३२०–२०० सिरिजका, एक बोइङ ७५७ विमान छन् । यी विमानले विभिन्न आठ गन्तव्यमा अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ नौओटा विमान छन् । यीमध्ये चीनबाट ल्याइएका वाइ १२ चारओटा, एमए १६, २ ओटा र ३ ट्विनअटर विमान छन् ।