मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकाले दक्षिण सीमामा पर्खाल नवन्दासम्म गैर कानुनी आप्रावासी रोक्न सेना परिचालन गर्न सक्ने

अमेरिकाले दक्षिण सीमामा पर्खाल नवन्दासम्म गैर कानुनी आप्रावासी रोक्न सेना परिचालन गर्न सक्ने


हिमालयवर संवाददाता
अमेरिका- 
ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिका मेक्सिको सीमाबाट हुने मानव र लागु औषध तस्करी लगायत आपराधिक गतिविधि रोक्न सशस्त्र सुरक्षा बल सेना पठाउने योजनामा रहेको सार्वजनिक गरेको छ ।
 
बुधवार संवाददाताको उत्तर दिदैं राष्ट्रपति ट्रम्पले भने ,हामी हाम्रो अतिनै कमजोर सीमा सुरक्षाको अवस्था सुधार्न मेलिटरी (सेना)लाई तयारी गरिदैं छ । राष्ट्रपतिले केही दिन गैकानुनी रूपमा अमेरिका प्रवेश गर्ने आप्रावासीका बारेमा कडा टिप्पण्ी गर्दै आएका छन् । 
 
यदि मेक्सिकोसँग जोडिएको दक्षिण सीमामा सेना पठाउने हो भने अवैध रूपमा अमेरिका छिर्न थप कठिन हुने छ । 
 
अमेरिकाको कानुन निकै नाजुक भएको टिप्पणी गर्दै राष्ट्रपतिले सीमामा सेना उतार्ने तयारी भएको बताएका हुन् । द न्युयोर्क टाइक्सले नेश्नल गार्ड परिचालन हुन सक्ने समाचार दिएको छ । 
 
मेक्सिकोबाट अवैध रूपमा अमेरिका छिर्ने र यहाँ शरणमाग्ने कार्य रोक्न सीमामा थप कडाई गर्न लागिएको ह्वाइट हाउसले जनाएको छ । राष्ट्रपति ट्रम्पको एउटा मुख्य चुनावी एजेण्डा अमेरिका मेक्सिको सीमामा पर्खाल लगाउने भन्ने थियो । त्यहाँ पर्खाल तयार नहुदांसम्म सेनालाई पठाउने योजना रहेको बताइएको छ । 
 
हन्डुरस लगायत मध्ये अमेरिकी देशबाट मानव सागरको लस्कर (क्याराभ्यान) अमेरिका सीमा तर्फ आइरहेको फक्स न्यूजले फिचर देखाएपछि अहिले यो विषय बढी चर्चामा छ । मानव तस्करलाई मोटो रकम बुझाउँदै ज्यान र धनको दुवैको जोखिम मोल्दै बर्षेनी ठुला संख्यामा आप्रावासी गैरकानुनी रूपमा अमेरिका छिर्दै आएका छन् । अवसर खोज्दै अमेरिका भित्र पस्न चाहने कयौँ सीमामा पक्राउ पर्छन । केहीले ज्यानसमेत गुमाउने गरेका छन् । 
 
नेपालबाट समेत केही अवैध रूपमा मेक्सिकोबाट अमेरिका छिर्ने प्रयास गर्छन् । अमेरिका छिर्ने प्रयासमा मध्ये अमेरिकी देशमा नेपाली पक्राउ पर्ने गरेका छन् । 
 
राष्ट्रपति ट्रम्पले मेक्सिकोले अवैध रूपमा अमेरिका पस्न खोज्ने लस्करलाई अनुकूल हुने गरी काम गरेको आरोप पनि राष्ट्रपतिले लगाएका छन् । अमेरिकी राष्ट्रपतिको यस्तो टिप्पणी पछि मेक्सिकोले अमेरिकी सीमा तर्फ लम्किरहेका कयौँलाई पक्राउ गरेर फिर्ता पठाएको विभिन्न मिडियामा आएको छ । तस्बिर: सामाजिक संजाल