मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

त्रिभुवन विमानस्थललाई चौबिसैघण्टा सञ्चालन गराउँछु : मन्त्री अधिकारी

त्रिभुवन विमानस्थललाई चौबिसैघण्टा सञ्चालन गराउँछु : मन्त्री अधिकारी


काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले त्रिभुवन विमानस्थललाई चौबिसैघण्टा घण्टा सञ्चालन गराउने घोषणा गरेका छन् ।
 
रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले एयर ट्राफिक जाम कम गर्नका लागि विमानस्थलको क्षमता बढाएर सञ्चालन अवधि थप्ने प्रतिबद्धता जनाएका छन् । 
 
उनले भने, “सिंगल रनवे भए पनि २४ घण्टा विमानस्थल सञ्चालन गर्न सकिन्छ । विश्वमा प्रयोग भएका सबैखाले प्रविधिको प्रयोग गरी व्यवस्थापन गर्न सकिन्छ । प्रयास गरियो भने असम्भव केही छैन ।” 
 
भारतको मुम्बइको उदाहरण प्रस्तु गर्दै मन्त्री अधिकारीले भने, “मुम्वईमा एउटा रनवे भएको विमानस्थल २४ घण्टा चल्छ भने यहाँ किन चल्दैन ?”
 
उनले सञ्चालन अवधि बढाएपछि अहिले भइरहेको एयर ट्राफिकको समस्या कम हुने दाबी गरे । विमानस्थल सञ्चालन अवधि बढाउन सकिए सहरको चहलपहल बढ्ने र त्यसले पर्यटन व्यवसायमा थप टेवा पुग्ने उनले बताए । 
 
उनले थपे, “अब काठमाडौँलाई १८ घण्टा जागा बनाउँछु । भविष्यमा २४सै घण्टा काठमाडौँ खुला हुनेछ ।” 
 
नेपालको हवाई यातायात व्यवस्थित बनाउनका लागि भइरहेका प्रयासबारे जानकारी दिँदै मन्त्री अधिकारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१९ भित्रमा सञ्चालनमा ल्याउने दाबी गरे । 
 
विमानस्थल निर्माणसँग सम्बन्धित सबै पक्षसँग सहमति भइसकेको जानकारी दिँदै मन्त्री अधिकारीले द्रूत गतिमा काम सुरु भइसकेकाले सन् २०१९ भित्र सञ्चालनमा आउने उनले बताए । 
 
आन्तरिक उडान व्यवस्थित गर्नका लागि पोखरा, भैरहवा, नेपालगञ्जजस्ता ठाउँबाट आन्तरिक विमानस्थल सञ्चालन गर्ने योजना रहेको उनले बताए ।
 
क्लबका अध्यक्ष ऋषि धमलाको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री अधिकारीले आधुनिक प्रविधिको प्रयोग गरेर विमानस्थल सुरक्षित बनाउने उद्घोष गरे । सन् २०२० सम्म कम्तीमा २० लाख पर्यटक भित्र्याउने गरी काम गरिने उनले बताए । 
 
उनले केही दिनभित्रमा नै आफूले गर्ने कामको क्यालेण्डर सार्वजनिक गर्ने बताए ।