मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

युरोपियन युनियनलाई प्रतिवेदन फिर्ता लिन आग्रह

युरोपियन युनियनलाई प्रतिवेदन फिर्ता लिन आग्रह


काठमाडौँ । प्रेस काउन्सिल नेपालले युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसन, २०१७ ले जारी गरेको प्रतिनिधि तथा प्रदेशसभामा निर्वाचनको प्रतिवेदनमा काउन्सिलबारे नकारात्मक कुरा उल्लेख गरेकोप्रति आपत्ति जनाएको छ । 
 
काउन्सिलको बैठकले निर्वाचनका बेला सञ्चारमाध्यमको अनुगमन गर्ने वैधानिक निकाय काउन्सिलमात्र भएको भन्दै युरोपियन युनियनको प्रतिवेदनलाई अनधिकृत र आपत्तिजनक भनिएको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले बताए । 
 
बैठकले निर्वाचन पर्यवेक्षकका रुपमा जारी गरिएको प्रतिवेदनसमेत फिर्ता लिन युरोपियन युनियनलाई आग्रहसमेत गरेको छ । 
 
काउन्सिलजस्तो संस्थाले आमसञ्चारमाध्यमको क्षेत्रमा कर्तव्य र जिम्मेवारी निर्वाह गर्न कमजोर र अप्रभावशाली देखिन्छ भन्ने कुरा प्रतिवेदनमा युरोपियन युनियनले उल्लेख गरेको छ । 
 
बैठकले काउन्सिलबाहेक सञ्चारमाध्यमको निर्वाचनको समयमा आचारसंहिता अनुगमन गर्ने अधिकार कसैलाई पनि नभएको भन्दै युरोपियन युनियनले नेपाली सञ्चारमाध्यमको अनुगमन गरी प्रतिवेदनसमेत सार्वजनिक गर्नु गैरकानूनी र अधिकार क्षेत्रको हस्तक्षेपका साथै नेपालको स्वतन्त्रता र सार्वभौमसत्तामाथिको हस्तक्षेप गरेको कार्यवाहक अध्यक्ष श्रेष्ठले बताए । 
 
युरोपियन युनियनलाई नेपाल र नेपाली जनताको स्वतन्त्रता र स्वाभिमानमाथि हस्तक्षेप नगर्न आग्रह गर्दै बैठकले जातीय तथा साम्प्रदायिकता भड्काउने र काउन्सिलका पदाधिकारीलाई राजनीतिक दलसँग जोड्ने युरोपियन युनियनको कार्यप्रति काउन्सिलले आपति जनाएको छ ।