मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिका र चीन व्यापार युद्ध

अमेरिका र चीन व्यापार युद्ध


हिमालयखवर संवाददाता
अमेरिका-
अमेरिकाले केही चिनिया वस्तुमा भन्सार शुल्क वढाउने सार्वजनिक भएपछि यसले दुई देश विच व्यापारमा तनाव सृजना भएको छ । यसलाई अमेरिका चीन विचको व्यापार युद्ध पनि भनिएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी बौद्धिक संम्पदा अधिकार गैरकानुनी रुपमा उपयोग गरेको आरोप लगाउंदै ६० अर्ब अमेरिकी डलर डलर बरावरका चीनका समानमा आयात शुल्क लगाउने वताएको छ । 
 
राष्ट्रपति ट्रम्पले केही दिन अघि चीनवाट आयात हुने स्टिलमा २५ र एल्मुनियममा १० प्रतिशत आयात शुल्क लगाउने सार्वजनिक गरेका थिए । अमेरिकी स्टिल र एल्मुनियम कारखानालाई वचाउन राष्ट्रपतिले यस्तो निर्णय लिएका हुन् । यहीवाट अमेरिका र चीन विच व्यापार युद्ध शुरु भएको थियो । अमेरिका र चीन  विश्वकै सवैभन्दा ठुला व्यापारीक साझेदार हुन् । दुई देश विचको व्यापार निकै ठुलो छ । चीनका सस्ता समानको अमेरिका सवैभन्दा ठुलो बजार हो । यही कारण अमेरिका र चीन विच व्यापारमा अमेरिकाका घाटामा छ । अमेरिका विश्वकै सवैभन्दा ठूलो उपभोक्ता बजार हो । 
 
राष्ट्रपति ट्रम्पले व्यापार युद्ध चलिरहेकै वेला ६० अर्ब डलर बरावरका चीनिया उत्पादनमा आयात शुल्क लगाउने निर्णय गरेका हुन् । चीनले पनि यसको प्रतिशोधमा ३ अर्ब अमेरिकी डलर बराबरका अमेरिकाका उत्पादनमा शुल्क लगाउने निर्णय लियो । चीनले अमेरिकी स्याऊ, वाइन, बंगुरको प्रशोधित मासु, स्टिल पाइप लगायतका अमेरिकी उत्पादनमा आयात शूल्क थपेको छ । 
 
यो व्यापार युद्धको असर विश्व व्यापारमा कस्तो पर्छ नतिजा आईसकेको छैन । तर, अमेरिका लगायत विश्वका मुख्य शेयर बजारमा भने गिरावट देखिएको छ । 
 
व्यापार युद्धले वर्तमान व्यापार प्रणालीमा संकट ल्याउन सक्ने त्रासले शेयर बजारमा गिरावट आएको हो । दुई दिन यता अमेरिकी शेयर बजारमा ठुलो गिरावट आयो । मुख्य शेयर बजारको सुचक डोजोन्स दुई दिनमा ११ सय अंकले भन्दा वढीले गिरावट आएको थियो । यो साता अमेरिकी शेयर बजारमा आएको गिरावटलाई दुई बर्ष यताकै सवैभन्दा खरावका रुपमा विश्लेषण गरिएको छ । तस्बिर: सामाजिक संजाल