मनोरञ्जन

नेपाली चलचित्र नाका ड्यालसमा प्रदर्शन हुँदै (भिडियो सहित)

321 पटक पढिएको

हिमालयखवर संवाददाता- | 22nd Mar 2018, Thursday | २०७४ चैत्र ८, बिहीवार १८:०२
ड्यालस (अमेरिका) – नेपाली चलचित्र ‘नाका’ यही सप्ताहन्त ड्यालसमा प्रदर्शनमा आउने भएको छ ।
 
भष्मे डनका रुपमा परिचित पछिल्लो पुस्ताका चर्चित कलाकार विपिन कार्कीको अभिनय रहेको नाका चलचित्र शुक्रबारदेखि एक सातासम्मको लागि अर्भिङको हलिउड थियटर र रिचार्डसनको फन एसियामा प्रदर्शनमा आउने भएको छ । 
 
तिब्बतबाट नेपाल प्रवेश गर्नेहरु र नाकामा हुनेगरेका तस्करीको कथामा आधारित यो चलचित्रले नेपालमा पनि निकै राम्रो प्रभाव पार्न सफल भएको छ ।