मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

आइतबार नेपाली मन्दिरमा निशुल्क स्वास्थ शिविर

आइतबार नेपाली मन्दिरमा निशुल्क स्वास्थ शिविर


ड्यालस (टेक्सस) – नेपाली समाज टेक्ससको आयोजनामा आउँदो आइतबार अर्भिङमा निशुल्क स्वास्थ शिविर हुने भएको छ ।
 
आइतबार बिहान १० बजेदेखि १ बजेसम्म नेपाली मन्दिरमा हुने स्वास्थ शिविरमा ड्यालस र सेरोफेरोमा रहेका नेपाली समुदायका डाक्टरहरुले जाँच गर्नेछन् । नेपाली समाज टेक्ससले हरेक तीन महिनामा निशुल्क स्वास्थ शिविर आयोजना गर्दै आएको छ । 
 
यस पटकको शिविरमा डा. सञ्जीव श्रेष्ठ, डा. झरना श्रेष्ठ, डा. विष्णु सापकोटा र डा. शर्मिला श्रेष्ठले जाँच गर्नेछन् । शिविरमा उपस्थित भएर निशुल्क सेवा लिन नेपाली समाजले आग्रह गरेको छ ।

सोही अवसरमा महिलाहरुमा हुने स्तन क्यान्सरका बारेमा सचेतना कार्यक्रम समेत हुने कार्यक्रम रहेको छ ।