मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश

विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश


काठमाडौँ । नेपाल बाहिर जुनसुकै देशमा रहेका नेपालीका लागि पनि मतदानको अधिकार सुनिश्चित गर्न सर्वोच्च अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।
 
न्यायाधीशद्वय सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले विदेशमा रहेका नेपालीको हकमा मतदानको कानुनी व्यवस्था गर्न आदेश दिएको हो ।
 
विदेशमा रहेका नेपालीलाई मतदानको अधिकारबाट बञ्चित गर्न नहुने माग राखी सामाजिक न्यायका लागि कानुन तथा नीति नियम मञ्चले सर्वोच्चमा रिट निवेदन दर्ता गरेको थियो । 
 
मञ्चले नागरिक मुलुकबाहिर भए पनि मतदानको अधिकार सुनिश्चित हुनुपर्ने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संसद्, परराष्ट्र मन्त्रालय, निर्वाचन आयोगलगायतलाई विपक्षी बनाएको थियो ।
 
विदेशमा रहेका नेपालीलाई आमनिर्वाचनमा मताधिकारको व्यवस्था गर्न गैरआवासीय नेपालीसम्बन्धी विभिन्न संघसंगठनले माग गर्दै आएका थिए ।
 
सामाजिक न्यायका लागि कानुन नीति नियम मञ्चले वैदेशिक रोजगारमा गएकाहरुको मतदानको हक सुनिश्चित गर्न माग गर्दै २०७३ वैशाख १४ गते सर्वोच्चमा रिट दायर गरेको थियो ।