मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

‘रेप’ को आरोपमा उबर चालक पक्राउ

‘रेप’ को आरोपमा उबर चालक पक्राउ


हिमालयखवर संवाददाता
अमेरिका- आफ्नै कारमा यात्रारत एक महिलालाई  ‘रेप’ गरेको आरोपमा अमेरिकाको बोष्टनमा एक जना उबर चालक पक्राउ परेका छन् । 
 
बोष्टनमा उबर चलाउँदै आएका २६ वर्षीय रन्जन थापालाई, गत आइतबार बिहान करिब १ बजे आफ्नो कारमा यात्रारत , रक्सीको नशामा रहेकी एउटी महिलामाथि शारीरिक सम्बन्ध राखेको र प्रारम्भिक छानबिनका क्रममा ‘रेप’ भएको हुनसक्ने आशंका गर्दै  स्थानीय प्रहरीले पक्राउ गरेको सिबिएस बोष्टनले जनाएको छ । 
 
पार्क गरिराखेको कारमा शंकास्पद गतिविधि भइरहेको देखेपछि दुइजना प्रहरीहरूले तत्कालै कारलाई नियन्त्रणमा लिई सोधपुछ गरेको र  महिलालाई निकै तनावको अवस्थामा भेटेपछि  ‘रेप’ भएको हुनसक्ने अनुमान प्रहरीले गरेको, सिबिएस बोष्टनको समाचारमा उल्लेख छ। आरोपी थापाले ती महिलासँग आफुले शारीरिक सम्बन्ध राखेको प्रहरी समक्ष स्वीकार गरेको प्रहरीलाई उद्धृत स्थानीय समाचार संस्थाहरूले जनाएका छन् । 
 
‘रेप’को आरोपमा थापा विरुद्ध अदालतमा मुद्धा दायर गरिएको छ । अदालतले उनलाई दश हजार डलर धरौटीमा छोडेको छ । थापा पक्षका वकिलले, सहमतिमा नै शारीरिक सम्बन्ध भएको भन्दै थापाको बचाउ गरेका छन् । 
 
वाशिंगटन पोष्टका अनुसार, घटनाप्रति उबरले गहिरो दुख व्यक्त गरेको छ। उबरले आरोपी ड्राइभरलाइ आफ्नो एपबाट हटाइएको र प्रहरीको अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताएको छ । युनिभर्सिटी अफ म्यासाच्युटेसका विद्यार्थी समेत रहेका थापामाथि लागेको आरोपका सम्बन्धमा युनिभर्सिटीका प्रवक्ताले गभ्भिर प्रकृतिको घटना भनी टिप्पणी गरेको पोष्टको समाचारमा उल्लेख छ । फोटो: सामाजिक संजाल