मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विश्व चर्चित लेखक पाउलो कोइलोको काठ्माडौसंग जोडिने नयां किताव ‘हिप्पी’ आउंदै

विश्व चर्चित लेखक पाउलो कोइलोको काठ्माडौसंग जोडिने नयां किताव ‘हिप्पी’ आउंदै


हिमालयखवर संवाददाता
अमेरिका-
विश्व चर्चित पुस्तक द अल्केमिष्टका लेखक पाउलो कोइलोका नयां किताव पर्खेर वस्ने पाठकका लागि खुशीको खवर छ । उनको नयां पुस्तक हिप्पी यसै गर्मीयाम अर्थात समरमा सार्वजनिक हुने भएको छ । कोइलोका नेपाली पाठकका लागि भने झनै खुशीको खवर छ । यो हिप्पीको कथामा काठमाडौ पनि जोडिएको छ ।
 
आफ्नो फेसबुक पेज मार्फत कोइलोले उक्त जानकारी दिएका हुन् । उनले आफ्नो फेसबुकमा किताववारे जानकारी दिदैं लखेका छन्  मेरो नयां किताव हिप्पी आउने गर्मीयाममा सार्वजनिक हुने भएको छ । 
 
मानिसहरुलाई त्यस वेलालाई अझै केही मान्छन वा मान्दैनन मलाई चासो छ तर, जव म बस (जसलाई जादुमय वस पनि भन्न सकिन्छ) चढेर हिप्पीका रुपमा सेप्टेम्बर १९७० मा काठमाडौ पुगेको थिएं यसैलाई भित्रै देखि पछ्याएको छु । 
 
युरोपको उन्मुक्त शहर एम्र्सडमवाट काठमाडौ सम्म कोइलोले वसमा यात्रा गरेकापनि जानकारी दिएका छन् ।
 
द अल्केमिष्ट विश्वमा नै वढी विक्री हुने कितावमध्येमा पर्छ । ब्राजिलियन लेखक पाउलोका कयौं किताव विभिन्न भाषामा अनुवादपनि भएका छन् । तिमी केही कुरा प्राप्त गर्न लागि पर्छौ भने भगवानले पनि पड्यन्त्र गरेर त्यही पुर्याउंछन भन्ने चर्चित वाक्य उनले द अल्कमिष्टमै लेखेका हुन् । एउटा भेडा गोठालोको यात्रा गर्ने रहरमा उक्त किताव केन्द्रित छ । 
 
कोइलो फेसबुकमा पनि सकृय छन् । उनले शनिवार विहान फेसबुकमा हालेको स्ट्याट्समा लेखेका छन् । रिल्याक्स, जीवन धेरै फरक फरक अध्याय हो । एउटा नराम्रो अध्याय आउंदैमा किताव नै सकियो भन्ने होइन ।
 
हिप्पीसंग नेपालको साइनो पनि जोडिएको छ । अमेरिका भियतनाम युद्धमा होमिएका वेला अमेरिकामा युवाहरु विच चरम निराशा आयो ।  यही निराशाले क्यालिफोर्निया जसलाई अहिले सिलिकन भ्याली भनिन्छ त्यही हिप्पीज्मको प्रार्दुभाव भयो । आफुले मन लागेको गर्ने, संसारमा के भईरहेको छ अरुले के भनेका छन् मतलब नगर्ने हिप्पीज्म हो । 
 
बेढंगका पहिरन, स्वछन्द जीवन र यात्रा हिप्पीज्मका प्रतिक मानिएका थिए । गांजा सेवनपनि यसमा जोडिएको छ । काठमाडौको झोसे गल्ली जहां गांजा, चरेस र ह्यासिस सजिलै किन्न पाइन्थ्यो त्यो सन् ७० को दशकमा हिप्पी भई पुग्ने युवाका लागि तिर्थ जस्तै थियो ।
 
नेपालमा त्यसवेला गांजा, चरेस  विक्री वितरण र खान कुनै रोकतोक वा कानुन थिएन । झोसेमा सस्तोमा खान र वस्न पाइने भएकाले पनि नेपाल हिप्पीहरुका लागि सपनाको गल्ली भएको थियो । यसका कयौं कथाहरु छन् ।
 
कोइलो मन पराउने र नेपालसंग पनि साइनो जोडिएकाहरुका लागि भने हिप्पी अझै चाखलाग्दो हुन सक्छ ।