मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

फेरि पनि अमेरिकाको स्कुलमा गोलीकाण्ड

फेरि पनि अमेरिकाको स्कुलमा गोलीकाण्ड


मेरील्याण्ड (अमेरिका)– अमेरिकाको पूर्बीउत्तर राज्य मेरिल्याण्डको एक हाइस्कूलमा भएको गोलीकाण्डमा तीन घाइते भएका छन् ।
 
 
सिएनएनले जनाए अनुसार सेन्ट मेरिज काउन्टीको ग्रेट मिल्स हाइस्कूलमा मंगलबार बिहान गोली प्रहारको घटना भएको हो । प्रहरीले घटनाको बारे अनुसन्धान गरिरहेको छ । 
 
घटनामा तीनजना घाइते भएको स्कुलका एक अधिकारीले सिएनएनलाइ बताएका छन् । अहिले स्कुललाइ पुरै सिल्ड गरेर अनुसन्धान सुरू गरिएको छ । 
 
गोली कसले र कुन उद्देश्यले हानेको थियो भन्ने छानबीन भैरहेको छ । स्कूलमा गोली प्रहारको घटनापछि स्कूल बन्द गरिएको छ र प्रहरीले विद्यार्थीका अभिभावकहरुलाई विद्यालय वरपर नजान अनुरोध गरेको छ । 
 
गोली काण्ड घटेको यो स्कूल राजधानी वासिंगटन डिसीबाट दक्षिण तर्फ रहेको छ । विद्यालयमा बन्दुक नियन्त्रण कानुन सम्बन्धी अमेरिकामा बहस जारी रहेका बेला निरन्तर रुपमा यसरी विद्यालयभित्र गोलीकाण्डका घटना भैरहेका छन् । 
 
यस वर्षमात्र अमेरिकाका विभिन्न राज्यका विद्यालयहरुमा १६ वटा गोलीकाण्डका घटना भैसकेको सीएनएनले उल्लेख गरेको छ । सिएनएनका अनुसार यो वर्षको ११ हप्ताको बीचमा करीब एक साताको अन्तरमा विद्यालयमा गोलीकाण्ड मच्चिएको छ । गत फेब्रुअरी १४ तारिख फ्लोरिडाको पार्कल्याण्डस्थित एक हाइस्कूलमा भएको गोलीकाण्डको घटनामा १७ जना किशोर विद्यार्थी मारिएका थिए ।