मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

रुसमा फेरि पुटिन

रुसमा फेरि पुटिन


हिमालयखवर संवाददाता
अमेरिका- रुसी राष्ट्रपति भ्लादिमिर  पुटिन अत्यधिक मतका साथ पुन अर्को कार्यकालका लागि विजयी भएका छन् । ९९ प्रतिशत भन्दा बढी मतगणना भईसक्दा पुटिनले झण्डै ७७ प्रतिशत मत ल्याएको रुसको केन्द्रीय चुनाव आयोगले जनाएको छ । यो पुटिनको चौथो जित हो । यो मत उनले विगतका निर्वाचनमा पाए भन्दा पनि बढी हो ।
 
अमेरिका लगायत पश्चिमी देशहरूसँग सम्बन्ध चिसो हुदंै गएका वेला यो निर्वाचन भएको थियो । रुसमा कम्युनिष्ट शासन समाप्त भएको केही वर्ष पछि शक्तिमा पुटिनको उदय भएको थियो । विगत १८ वर्ष यता पुटिन रुसका सबैभन्दा शक्तिशाली राजनीतिक व्यक्ति भई शासन सञ्चालन गरिरहेका छन् । अव पुटिन २०२४ सम्म सत्तामा रहने छन् । उनी यो कार्यकाल पुरा हुदां ७१ वर्षका हुने छन् । पुटिनले यो कार्यकाल पुरा गर्दा उनी सोभियत संघका पुर्व शासक जोसेफ स्टालिन पछि सबैभन्दा लामो समय सत्तामा रहने रुसी नेता हुने बन्ने छन् ।
 
यो निर्वाचनका क्रममा पुटिनले रक्षा क्षेत्रलाई मजबुत बनाउने र नागरिकको जीवन स्तर सुधारका लागि काम गर्ने बताएका थिए । 
 
पुटिनका अगाडी कुनै पनि प्रतिस्पर्धी टिकेनन् । उनका निकट प्रतिद्धन्दी कम्युनिष्ट पार्टीका उम्मेदवार पावेल ग्रुदिनिनले जम्मा १३ प्रतिशत मात्र मत प्राप्त गरे । उनका राष्ट्रवादी उम्मेदवार व्लादिमीर झिरिनोवस्कीले ६ प्रतिशत भोट पाए । त्यहाँ विपक्षी नेतालायृ चुनाव लड्न रोक लगाइएको थियो । 
 
कतिपय पश्चिममा सञ्चार माध्यमले भने यो निर्वाचन खाली नाटक जस्तो मात्र भएको टिप्पणी गरेका छन् । पुटिन अहिले विश्वका शक्तिशाली नेता मध्येमा अग्रस्थानमा छन् । अमेरिकी निर्वाचनमा रुसी हस्तक्षेप, सिरिया युद्धमा रुसको संलग्नता जस्ता विषयले उनी विवादमा पनि पर्दै आएका छन् । उनी माथि रुस भित्र विपक्षीलाई दबाएको आरोप छ ।