मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपाललाई विकासको साझेदार बनाउन गृहमन्त्री थापाको आग्रह

नेपाललाई विकासको साझेदार बनाउन गृहमन्त्री थापाको आग्रह


काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले नेपाल र भारतबीच शताब्दीऔं देखिको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ र विश्वसनीय बनाउँदै लैजानुपर्ने बताएका छन् । 
 
गृहमन्त्री थापासँग नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले गृह मन्त्रालयमा गर्नुभएको भेटवार्तामा उनले सुरक्षा निकायको तालीम, भौतिक सामग्रीलगायत नेपालको विकासमा गर्दै आएको सहयोगप्रति भारत सरकारलाई धन्यवाद व्यक्त गरे । 
 
मन्त्री थापाले भारत सरकारको सहयोगमा काभ्रेपलाञ्चोकमा बन्न लागेको नेपाल प्रहरीको तालीम केन्द्र छिटो निर्माण हुने वातावरण बनाउन भारतीय राजदूतलाई आग्रह गर्दै नेपालको विकास र समृद्धिमा भारतीय सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे । 
 
नेपाल र भारतबीचको खुला सीमाको फाइदा पराधिक तत्वले नउठाउन भनेर दुवै देश सचेत हुनु आवश्यक रहेको बताउँदै उनले भारतले तीव्र रुपमा गरिरहेको विकासको साझेदार नेपालाई पनि बनाउन आग्रह गरे । मन्त्री थापाले अहिले भारतीय व्यवसायीलाई नेपालमा लगानी गर्न उपयुक्त अवसर रहेको पनि बताए । 
 
सो अवसरमा राजदूत पुरीले नेपाल र भारतबीचको सम्बन्धलाई कसैले चाहेरपनि बिगार्न नसक्ने बताउँदै गृहमन्त्री थापालाई भारत भ्रमणका लागि आग्रहसमेत गरे । 
 
नेपाल प्रहरीको तालीम केन्द्र निर्माण कार्यलाई तीव्रता दिन आफूले पहल गर्ने, सुरक्षा निकायका लागि आवश्यक सवारीसाधन र तालीमका लागि सहयोग गर्न भारत सरकार तयार रहेको उल्लेख गर्दै उनले नेपालमा सुरक्षाको प्रत्याभूति भए ठूलो मात्रामा लगानी गर्न भारतीय व्यवसायी तयार रहेको बताए । 
 
सो भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगका विविध पक्षमा केन्द्रित रहेको जनाएको छ । रासस