मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

यूएस बाङ्ला विमान दुर्घटनाका दुई घाइते घर फर्किए

यूएस बाङ्ला विमान दुर्घटनाका दुई घाइते घर फर्किए


काठमाडौँ । त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा गत सोमबार दुर्घटनाग्रस्त यूएस बंगला विमानका घाइतेमध्ये दुईजना उपचारपछि आइतबार घर फर्किएका छन् । 
 
काठमाडौँ कपनका दयाराम ताम्राकार र भक्तपुर बालकोटका किशोर त्रिपाठी ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराई आइतबार घर फर्केका हुन् । 
 
अस्पतालका मेडिकल डाइरेक्टर तथा बरिष्ठ अर्थोपेडिक सर्जन डा चक्रराज पाण्डेले उपचारपछि निको भई घर फर्कन लागेका दुवै जनालाई खादा लगाएर शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । 
 
दुर्घटनापछि उपचारका लागि ग्राण्डी अस्पतालमा भर्ना भएकामध्ये काठमाडौँको वनस्थलीका हरिप्रसाद सुवेदी र कीर्तिपुरका विनोदराज पौडेलको उपचार भइरहेको छ । 
 
गत सोमबार यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए । उपचारका क्रममा थप दुईको मृत्यु भएको थियो ।