मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मेयर चौधरीको स्वास्थ्य अवस्था बुझ्न शिक्षण अस्पताल पुगे प्रधानमन्त्री

मेयर चौधरीको स्वास्थ्य अवस्था बुझ्न शिक्षण अस्पताल पुगे प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीको स्वास्थ्य अवस्था जानकारी लिएका छन् ।
 
मेयर चौधरी अपरिचत समूहले गत फागुन २८ गते सोमबार घोडाघोडीमै  गोली र खुकरी हानेर सख्त घाइते भएका थिए । 
 
शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर प्रधानमन्त्री ओलीसहित नेकपा एमालेका नेताहरुले चौधरीको स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् ।
 
चौधरीको उपचारमा संलग्न चिकित्सक डाक्टर प्रदीप थापाले प्रधानमन्त्री ओलीलाई जानकारी गराएअनुसार चौधरीको अवस्था खतरामुक्त छ ।  
 
प्रधानमन्त्री ओलीले चौधरीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अस्पताललाई चौधरीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशनसमेत दिएका छन् ।
 
प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनको सचिवालयले भनेको छ, “उपचार खर्च सरकारले बेहोर्छ । उहाँको उपचारमा कुनै पनि कसर बँँकी नराखी उपचार गर्नुहोस ।”
 
प्रधानमन्त्री ओलीले चौधरीको ज्यान मार्ने उद्योगले भएको गोलीकाण्डको निष्पक्ष छानबिन हुने परिवारका सदस्यलाई बताएका थिए ।