मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रधानमन्त्रीद्वारा तेस्रोपटक मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीहरुले राष्ट्रपतिबाट लिए शपथ

प्रधानमन्त्रीद्वारा तेस्रोपटक मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीहरुले राष्ट्रपतिबाट लिए शपथ


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तेस्रोपटक मन्त्रिमण्डल विस्तार गरेका छन् ।
 
नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार साँझ नै राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ खुवाएकी छन् । शुक्रबार पद तथा गोपनियताको शपथ लिने मन्त्रीहरुलाई विभिन्न मनत्रालयको जिम्मेवारीसमेत दिइएको छ । 
 
जसअनुसार प्रदीप ज्ञवालीलाई परराष्ट्र मन्त्रालय, गोकर्ण विष्टलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, रवीन्द्र अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, रघुवीर महासेठलाई भौतिक पूर्वाधार तथा यातायात, शेरबहादुर तामाङलाई कानुन, न्याय तथा संसदीय मामिला, जगत विकलाई युवा तथा खेलकूल, मन्त्रालयको जिम्मेवारी दिइएको छ । 
 
यसैगरी वर्षमान पुन, ऊर्जा जलस्रोत तथा सिंचाई, गिरिराजमणि पोखरेल शिक्षा, विज्ञान प्रविधि, शक्तिबहादुर बस्नेत वन तथा वातावरण, चक्रपाणि खनाल कृषि तथा भूमि व्यवस्था र सहकारी, बिना मगरलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ । 
 
त्यसैगरी गोकुल बास्कोटालाई सूचना तथा सञ्चारराज्यमन्त्री,पद्मा अर्याल स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री, धनहादुर बुढालाई संस्कृति,पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री,रामकुमारी चौधरीलाई कृषि तथा भूमि व्यवस्था र सहकारी राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । 
 
यस्तै विज्ञान तथा प्रविधि मन्त्री रहेका लालबाबु पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ । 
 
गत फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त ओलीले पहिलोपटक एमालेका तर्फबाट लालबाबु पण्डितलाई विज्ञान तथा प्रविधि र थममाया थापालाई महिला बालबालिका मन्त्रीमा नियुक्त गरेका थिए । 
 
यस्तै, यसअघि गत फागुन १४ गते दोस्रोपटक मन्त्रीपरिषद् विस्तार गरेका थिए । सो दिन रक्षामन्त्रीमा ईश्वर पोखरेल, गृहमन्त्रीमा रामबहादुर थापा, उद्योग वाणिज्य तथा आपूर्तिमा मातृका यादव, अर्थमन्त्रीमा डा युवराज खतिवडालाई नियुक्त भएका थिए । 
 
नवनियुक्त मन्त्रीले राष्ट्रपतिसँग पद तथा गोपनियताको सपथ लिएलगत्तै राज्यमन्त्रीलाई प्रधानमन्त्री ओलीले शपथ खुवाएका थिए । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, सभामुख कृष्णबहादुर महरा सहभागी थिए । 
 
यस्तै नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, एमाले र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता, संवैधानिक अंगका प्रमुख, काठमाडौँस्थित कूटनीतिक नियोग तथा निकायका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । 
 
२२ सदस्यीय मन्त्रिमण्डल गठन
 
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम केही नयाँ मन्त्री नियुक्ति र जिम्मेवारी हेरफेर गरी २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी छन् ।  
 
राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ दिलाइन् । सोही अवसरमा प्रधानमन्त्रीसमक्ष नवनियुक्त राज्यमन्त्रीले समेत आजै पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीले जानकारी दिए । गत फागुन ३ गते प्रधामन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री ओलीको अध्यक्षतामा रहेको मन्त्रिपरिषद् फागुन १४ गते विस्तार भएको थियो । 
 
मन्त्रिपरिषद्को कार्यविभाजन 
 
क्र.सं / नामथर / पद / कार्यविभाजन 
 
१) केपी शर्मा ओली प्रधानमन्त्री शहरी विकास र स्वास्थ्य तथा जनसङ्ख्या 
 
२)  ईश्वर पोखरेल मन्त्री रक्षा 
 
३)  रामबहादुर थापा मन्त्री गृह 
 
४)  प्रदीपकुमार ज्ञवाली मन्त्री परराष्ट्र 
 
५)  वर्षमान पुन मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ 
 
६)  गिरिराजमणि पोखरेल मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि 
 
७)  मातृकाप्रसाद यादव मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति 
 
८)  रघुवीर महासेठ मन्त्री भौतिक पूर्वाधार तथा यातायात 
 
९)  गोकर्णराज विष्ट मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा 
 
१०)  शक्तिबहादुर बस्नेत मन्त्री वन तथा वातावरण 
 
११)  लालबाबु पण्डित मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन 
 
१२)  थममाया थापा मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक 
 
१३)  डा युवराज खतिवडा मन्त्री अर्थ 
 
१४)  जगतबहादुर सुनार (विश्वकर्मा) मन्त्री युवा तथा खेलकुद 
 
१५)  रवीन्द्रप्रसाद अधिकारी मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन 
 
१६)  शेरबहादुर तामाङ मन्त्री कानुन,न्याय तथा संसदीय मामिला 
 
१७)  चक्रपाणि खनाल मन्त्री कृषि, भूमि व्यवस्था तथा सहकारी 
 
१८)  वीना मगर मन्त्री खानेपानी 
 
राज्यमन्त्री 
 
१)  पद्माकुमारी अर्याल राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्ख्या 
 
२) गोकुलप्रसाद बाँस्कोटा राज्यमन्त्री सञ्चार तथा सूचना प्रविधि 
 
३) धनबहादुर बुढा राज्यमन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन 
 
४) रामकुमारी चौधरी राज्यमन्त्री कृषि, भूमि व्यवस्था तथा सहकारी    (फोटो : रासस)