मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

सिंगापुर विश्वकै सबैभन्दा महँगो सहर

सिंगापुर विश्वकै सबैभन्दा महँगो सहर


हिमालयखवर संवाददाता
अमेरिका- नेपालको मुख्य महानगर काठ्माडौ विश्वका सस्ता सहरको सूचीमा १५ औँ स्थानमा परेको छ । तर, उच्च आर्थिक विस्तार गरिहरेको भारतका मुख्य सहर नयाँ दिल्ली, बेगंलोर, चेन्नई, मुम्बई भने काठमाडौँ भन्दा सस्ता छन् ।
 
विश्वको प्रतिष्ठित पत्रिका द इकोनोमिष्ट समूह अन्तर्गतको अनुसन्धान गर्ने इकाई इकोनोमिष्ट इन्टिलिजेन्स युनिट (ईआईयू) ले यसै साता सार्वजनिक गरेको तथ्याङ्क अनुसार सिंगापुर संसारकै सबैभन्दा महँगो सहर हो । 
 
जीवन यापनका लागि वा घर खर्च चलाउन चाहिने विभिन्न १ सय ५० विषयलाई समेटेर उक्त तथ्याङ्क निकालिएको ईआईयूले जनाएको छ । यो सुचीमा विश्वका मुख्य १३३ सहर समावेश गरिएको थियो ।
 
यो सुची अनुसार काठमाडौँमा बस्न भन्दा भारतका ठुलो सहरमा बस्न सस्तो पर्छ । पूर्वाधार न्यून भए पनि काठमाडौँमा घरजग्गाको मूल्य अकासिएको छ । कतिपय अवस्थामा वासिङ्टन डिसी वरपर एउटा परिवारलाई चाहिने घर किन्न काठमाडौँ रिगंरोड भित्र भन्दा सस्तो पर्छ । अमेरिकामा सन् २००८ पछि आर्थिक मन्दी हुदां कयौँ नेपालीले काठमाडौँमा घडेरी विक्री गरेर डिसी वरपर लगायत अमेरिकाका कतिपय सहरमा घर जोडेका थिए ।  
 
ईआईयूको सुची अनुसार काठमाडौँ पाकिस्तानको करांची भन्दा पनि महँगो सहरमा परेको छ । तर, बङ्गलादेशको ढाका, श्रीलंकाको कालोम्बो सहर भने काठमाडौँ भन्दा महँगा छन् । काठमाडौँ उक्त सुचीको ११६ औँ स्थानमा परेको छ । मलेसियाको क्वालालाम्पुर, लगायत खाडी देशका दोहा, दुबई, अवुधावीभने काठमाडौँ भन्दा महँगा छन् । 
 
सिरियाको दमिश्व सबैं भन्दा सस्ता सहर हो । विश्वका सस्ता दश सहरमा यस पछि क्रमशः भेनेजुयलाको राजधानी काराकस, काजाकिस्तानको व्यापारिक सहर अलमाती, लागोस्, बंैग्लोर, कराची, अल्जीयर्स, चेन्नाई,  बखारेष्ट र नयाँ दिल्ली (१० औँ स्थान) छन् ।
 
महँगा सहरमा सिंगापुर पछि पेरिस, ज्यूरिख, हंगकगं, ओस्लो, जिनेभा, सोल, कोपेनहेगन, तेलअवीव र सड्नी पहिलो देखि १० महँगा सहर हुन् । सिंगापुर अमेरिकाको ठुलो सहर न्युयोर्क भन्दा १६ प्रतिशत महँगो रहेको ईआईयू जनाएको छ । अमेरिका भित्र न्युयोर्क सबैभन्दा महँगो सहर हो । तर, यो विश्वका महँगा सहरको सुचीमा १३ औँ स्थानमा परेको छ । यस पछि लसएञ्जल्स १४ औँ स्थानमा छ । 
 
मिनियापोलिस २६ औँ र सानफ्रान्सिस्को ३७ औँ स्थानमा परेको छ । एटलाण्टा ७७ औँ स्थानमा छ । क्यानडाको ठुलो सहर टोराण्टो पनि अमेरिकी सहर भन्दा सस्तो छ । सुचीमा टोरण्टो ८६ स्थानमा छ ।