मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

सरकारले ‘कम्युनिष्ट–चरित्र’देखाउन शुरु गरेको तरुण दलका अध्यक्षको टिप्पणी

सरकारले ‘कम्युनिष्ट–चरित्र’देखाउन शुरु गरेको तरुण दलका अध्यक्षको टिप्पणी


हिमालयखवर संवाददाता- 
टेक्सस (अमेरिका)- अमेरिका भ्रमणमा रहेका नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले वर्तमान वाम गठबन्धनको सरकारले पहिलो दिन देखि नै ‘कम्युनिष्ट–चरित्र’ देखाउन शुरु गरेको टिप्पणी गरेका  छन । 
 
नेपाल जनसम्पर्क समिती ड्यालस/फोर्टवोर्थ र वेष्ट टेक्सस च्याप्टरद्धारा बिहीबार ड्यालसमा आयोजीत एक कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले प्रधानमन्त्री के पी शर्मा ओलीले संसदीय दलको नेता नहुँदै प्रधानमन्त्रीको शपथ लिएर संसदीय व्यवस्थाको मान्यता विपरीत काम गरेको बताए । उनले भने– “यहींबाट सम्बिधान मिच्ने काम शुरु भएको छ ।” 
 
उनले  शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले राष्ट्रिय सभामा सिफारीश गरेका तीनजनाको नाम राष्ट्रपतीले रोकेर राखेर अर्को सम्बिधान विपरीतको काम गरिएको पनि उल्लेख गरे । 
 
उनले भने– “यस्ता गतिबिधीले पहिले देखि नै नेपाली काँग्रसले शंका गर्दै आएको ‘कम्युनिष्ट–शासन’ तर्फ वर्तमान सरकार अगाडी बढन खोजेको जस्तो देखिएको छ ।” 
 
नेपाली काँग्रेसको हारको समिक्षा गर्दै उनले कम्युनिष्टरु एक हुनु, नेपाली काँग्रेस भित्र पनि ‘आफुले टिकट पाए ठिक , नपाए बेठीक’ भन्ने सोच रहनु र काँग्रेस नेतृत्वको सरकारले प्रभावकारी काम गर्न नसक्नु नै  हारको कारण भएको उल्लेख गरे । 
 
कार्यक्रममा, नेपाली काँग्रेसका नेता एवं पुर्व सांसद गोविन्द कडेलले सिट संख्यमाा नेपाली काँग्रेसको हार भएपनि बिचारमा काँग्रेसले जितेको बताए । उनले भने– “गिरिजा प्रसाद कोइरालाले भन्ने गरे जस्तै पार्टीले हारेपनि, मुलुकले जितेको छ ।” 
 
यसैक्रममा, नेपाली काँग्रेसका अर्का नेता धर्म अर्यालले, नेपालमा भन्दा अमेरिकामा बढी बिभाजीत र बिवादीत कांग्रेस देखिएको भन्दै चिन्ता व्यक्त गरे ।