मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ड्यालसमा अधिकारीसँग प्रवासी मञ्चको अन्तरकृया

ड्यालसमा अधिकारीसँग प्रवासी मञ्चको अन्तरकृया


हिमालयखबर सम्बाददाता-
ड्यालस, टेक्सस (अमेरिका)। प्रबासी नेपाली मञ्च (ओएनअफ) टेक्सास राज्य कमिटिले अमेरिका भ्रमणमा रहेका नेकपा एमाले केन्द्रीय विदेश विभाग सदस्य खगेन्द्रप्रसाद अधिकारीसँग बुधबार ड्यालसमा अन्तरकृया अायोजना गरेको छ । 
 
दुइ दिन अघिमात्र काठमाडैाँमा भएको युएस बाङ्ग्ला एअरलाइन्स दुर्घटनामा परेर निधन भएकाहरूको अात्माको चीरशान्तिको लागि एक मिनेट मैानधारणबाट कार्यक्रम सुरू भएको थियो । ओएनअफ टेक्सास राज्य कमिटिका अध्यक्ष मणिराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि अधिकारीले नेपालको वर्तमान राजनैतिक गतिबिधि तथा पार्टीको विदेश नीति एवं प्रबासमा रहेका नेपालीहरुले मुलुकको निमित्त खेल्न सक्ने भूमिकाका सम्बन्धमा धारणा व्यक्त गरेका थिए ।  
 
त्यस अवसरमा प्रवासी नेपालीहरूले ड्यालसमा नेपाल सरकारको निकायका रूपमा कन्सुलेट अफिस, महाबाणिज्यदूतको अावश्यकता रहेको र त्यसमा पहल गरिदिन अधिकारीसँग अाग्रह गरेका थिए । नेपाल सरकारको कुनै पनि सम्पर्क निकाय नहुँदा नेपालीहरूले सानो कामका लागि पनि राजधानी वासिङटन डिसी पुग्नुपर्ने वाध्यता रहेको पनि जानकारी मञ्चका पदाधिकारीहरूले गराएका छन् । 
 
अमेरिकाको दक्षिण पश्चिम क्षेत्र टेक्सास तथा कोलोराडो नेपालीहरुको घनाबस्ती भएको क्षेत्र साथै भौगोलिक हिसावले समेत नेपालसँग मिल्दोजुल्दो क्षेत्र हुँदा यस क्षेत्रमा रहेको वाणिज्यदूतको आवश्यकता र यसले नेपालमा समेत पार्न सक्ने प्रभावको बारेमा समेत गहन अन्तरकृया गरिएको थियो। 
 
त्यस अवसरमा हालै भएको राष्ट्रपतिको निर्वाचनमा झण्डै ७५ प्रतिशत मत ल्याई बिजयी हुन सफल बिद्या भण्डारीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उपस्थित प्रमुख अतिथि मार्फत बधाई-पत्र समेत पठाइएको छ । 
 
अन्तरक्रिया कार्यक्रममा नेपालमा प्रबासी नेपालीहरुले अहिलेको परिप्रेक्ष्यमा गर्न सक्ने सहयोग, भूमिका साथै नेपाल सरकारले विदेशमा रहेका नेपालीबाट लिन सक्ने प्राबिधिक सहयोग तथा आर्थिक लगानी लगायत अन्य बिषयमा छलफल भएको थियो। 
 
यतिखेर नेपालको इतिहासमै सबैभन्दा ठूलो बहुमतका साथ प्रधानमन्त्री तथा राष्ट्रपति निर्वाचन भएका छन। प्रबासी नेपाली मंच (ओएनअफ) राजनैतिक हिसावले यहि सत्तारुढ दलसँग नजिक मानिन्छ।