मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन पदमुक्त

अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन पदमुक्त


हिमालयखवर संवाददाता-
अमेरिकी विदेश मन्त्री रेक्स टिलरसन पदमुक्त भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो क्याबिनेटमा फेरबदल गरी टिलरसनलाई हटाएका हुन् । केही महिना अघि नै राष्ट्रपति ट्रम्प र विदेशमन्त्री टिलरसन बिच विवादहरू भएको मिडियामा समाचारहरू आएका थिए । तर, यसलाई ह्वाइट हाउसले खण्डन गर्दै प्रेसले झुठो बिताएका दाबी गर्दै आएका थिए ।  केही महिता अघि देखिको यो शंका अहिले पुष्टि भएको हो ।
 
टिलरसनको स्थानमा अमेरिकी गुप्तचर संस्था सीआईएका निर्देशक माइक पोम्पियो नयाँ विदेशमन्त्री नियुक्त भएका छन् । 
 
ट्रम्पले टुवीट गर्दै भनेका छन्, माइक अव हाम्रो नयाँ विदेश मन्त्री हुने छन् । उनले राम्रो काम गर्छन् भन्ने हाम्रो आशा छ । रेक्स टिलरसन तपाईँको सेवाका लागि तपाईँलाई धन्यवाद छ । जीना हास्पेल सीआईएको नयाँ निर्देशक हुने छन् ।
 
एक वर्ष अघि टिलसरनले पदभार सम्हाले यता देखिनै राष्ट्रपतिसँग मतभेद सुरु भएको थियो । केही महिना अघि भर्जिनियाको एक र्यालीमा भएको हिंसामा ट्रम्पले दिएको प्रतिक्रिया प्रति टिलसरनले आपत्ति जनाएका थिए । यसपछि मतभेद अरू बढ्दै गएका थिए । उत्तर कोरियासँग अमेरिकाका सम्बन्धका बारेमा पनि राष्ट्रपति र विदेशमन्त्री बिच मतभेदहरू थिए । 
 
पदबाट जाँदा जादंै विदेशमन्त्री टिलरसनले अमेरिकी जनता, आफूलाई सहयोग गर्ने विदेशमन्त्रालयका सबै कर्मचारी, कूटनीतिक नियोगका अधिकारीलाई धन्यवाद दिएका छन् । तर, एक जना व्यक्ति राष्ट्रपति ट्रम्पलाई भने जिम्मेवारी दिएकोमा उनले धन्यवाद सम्म पनि दिएनन् । भनेनन् ।
 
आफ्नो बिदाइ मन्तव्यमा विदेशमन्त्रीको कार्यभार लिदां कयौँ मुद्दाहरूसँग जुध्नुपरेको जनाउँदै कार्यालय भित्र यौन उत्पिडनका विषयसमेत आएको उनले बताए । टिलरसनलाई हटाउनु भन्दा केही घण्टा अघि मात्र ह्वाइट हाउसले विदेशमन्त्रालयका वरिष्ठ अधिकारीलाई पनि बर्खास्त गरेको थियो । 
 
एक्जान कम्पनीका पूर्व प्रमुख टिलरसन व्यावसायिक पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका थिए । उनको नियुक्तका वेला ट्रम्पले टिलरसन विश्व स्तरका खेलाडी भएको भन्दै प्रशंसा गरेका थिए । एक्जान कम्पनी विस्तारमा टिलसन सफल भएका थिए । तर, राजनीतिमा भने टिलरसन सफल हुन सकेनन् । 
 
उत्तर कोरियासँगको अमेरिकी सम्बन्ध कूटनीतिक रूपमै समाधान गर्नु पर्छ भनेर लागि परेका टिलसनलाई ट्रम्पले टुवीट मार्फत गत अक्टोबरमा भनेका थिए, टिलरसन राम्रा विदेशमन्त्री हुन तर, आफ्नो समय र क्षमता लिटिल रकेट म्यानसँग वार्ताका लागि रस्साकस्सीमा बिताइरहेछन् । राष्ट्रपतिले यस्तो टुवीट गरे पनि अहिले अमेरिका र उत्तर कोरिया उच्च स्तरमा वार्ता गर्न सहमत मात्र होइन समस्या पनि कूटनीतिक रूपमै समाधान गर्न तयार भएका छन् । दुई देशका प्रमुख बिच शिखर सम्मेलन हुने सार्वजनिक भएको छ ।