मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

नेपाल जर्नीले निमार्ण गर्यो स्यागंजामा नेपाल जर्नी चिल्डेन पुस्तकालय

नेपाल जर्नीले निमार्ण गर्यो स्यागंजामा नेपाल जर्नी चिल्डेन पुस्तकालय


हिमालयखबर संवाददाता
फागुन २९- स्याङ्गंजा जिल्लाको हरिनास गाउँपालिका ३ स्थित ललही गाउँको जन जागृती आधारभूत विद्यालयमा नेपाल जर्नी संस्थाले सुविधा सम्पन्न विद्युतीय पुस्तकालय निमार्ण गरेको छ । साना साना बालबालिकालाई सूचना र प्रविधिमा दक्ष बनाउँदै उनीहरूको बैदिक विकासमा सहजता प्रदान गरी क्षमता वान बनाउनका लागी संस्थाले कम्प्युटर र प्रोजेक्टर सहितको बालमैत्रि पुस्तकालय निमार्ण गरेको संस्थाका सचिव प्रकाश सिग्देलले बताउनु भयो । 
 
संस्थाले तिन लाखको लागतमा साना साना बाल बालिकाका लागी अत्यावश्यक खेल्दै सिक्ने प्रविधि सहित भिडियो मार्फत हेर्दै र सुन्दै पढ्न सकेन गरी लाईब्रेरीको निमार्ण गरेको संस्थाका अध्यक्ष गणेश लाल श्रेष्ठले बताउनु भयो । Nepalese American Organization Of Ohio को आर्थिक सहयोगमा पुस्तकालय निमार्ण भएकोे हो । साथै सो अवसरमा विद्यालयमा अध्यानरत विद्यार्थीका लागी झोला र सुईटर समेत वितरण गरिएको संस्थाका कोषाध्यक्ष प्रकाश काफ्लेले बताउनु भयो । 
 
पुस्तकालयको हरिनास गाउँपालिकाका अध्यक्ष खिम नारायण मानन्धरले उद्धघाटन गर्नु भयो । पुस्तकालयको उद्धघाटन गर्दै मानन्धरले हरिनास गाउँ पालिकामानै नमुना पुस्तकालय बनेको भन्दै पुस्तकालयको उचित प्रयोग गर्न आग्रह गर्दै पुस्तकालय तथा विद्यालयको विकासका लागी सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
 
नेपाल जर्नीले गरेको कामको उच्च प्रसंम्सा गर्दै उहाँले सहयोगी सबै दाता प्रति आभार समेत प्रकट गर्नु भयो । 
 
कार्यक्रममा बोल्दै विद्यालयका प्रअ लुमाकान्त सिग्देलले नेपाल जर्नी संस्थाले विकट गाउँमा पुस्तकालय निमार्ण गरी आफ्ना साना साना विद्यार्थीको उज्वल भविष्य निमार्णमा निकै ठुलो सहयोग गरेको भन्दै खुसी प्रकट गर्नु भयो ।
 
कार्यक्रममा वडा नम्बर तिनका अध्यक्ष लेख बहादुर क्षेत्री, वडा सदस्य नारायण उपाध्याए, शिक्षा स्रोत ब्याक्ति दण्डपानी बराल महिमा माबिका अध्यक्ष नरनाथ लम्साल, शिक्षक मन बहादुर क्षेत्री, जन कल्याण माबिका शिक्षक  प्रकाश सिग्देल, दुई नम्बर वडाका अध्यक्ष परशुराम सिग्देल स्थानीय अगुवा युवा कृष्ण सिग्देल,जन जागृति आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन सिग्देल, नेपाल जर्नी संस्थाका सदस्य नारायण काजी श्रेष्ठ, लगायत स्थानीय सामाजिक अगुवाहरुले नेपाल जर्निले निमार्ण गरेको पुस्तकालयले विद्यार्थीको बैद्धिक विकासमा निकै ठुलो टेवा पुग्ने बताएका थिए ।
 
सूचना र प्रविधिको जमानामा विद्यार्थीलाई प्रविधिमा अब्बल बनाउन पुस्तकालयको निकै ठुलो महत्त्व हुने उनीहरूको भनाइृ थियो । पुस्तकालय निमार्णका लागी नेपाल जर्नीका अध्यक्ष गणेशलाल  श्रेष्ठ सहित सचिव प्रकाश सिग्देल, कोषाध्यक्ष प्रकाश काफले, सदस्य नारायण काजी श्रेष्ठ, मुरली गजुरेल, नवीन श्रेष्ठ, संस्थाका आईटि प्रमुख कम्प्युटर ईन्जिनिर्यस अदिप पौडेल लगायतको टोली सो स्थानमा पुगेको थियो । संस्थाले पुस्तकालय निमार्ण गरेपछि विद्यालयले विद्यार्थीलाई प्रोजेक्टर मार्फत कक्षा सञ्चालन सुरु गरेको छ । कार्यक्रममा स्थानीयहरूको उत्साहजनक सहभागिता रहेको थियो ।