मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

युएस-बंगला बिमानको दुर्घटना बारे मेरो मनको कुरो

युएस-बंगला बिमानको दुर्घटना बारे मेरो मनको कुरो


यो दुखद घटनाले धेरै लाई स्तब्ध बनाएको छ । उज्यालो भबिश्यको सपना बोकेका बंगलादेश पढ्ने धेरै बिद्यार्थीको यो दुर्घटनामा निधन भएको दुखान्त खबर छ । ज्यान गुमाउनेहरु प्रती हार्दीक श्रद्दान्जली तथा घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना !
 
हामी नेपालीको पुरानो रोग के भने दुर्घटना/घटना/आपत-बिपत भए पछी एकाध दिन जुर्मुराउछौं । त्यस बारे छलफल गर्छौं र त्यसको केही दिन मै पहिला जस्तो थियो त्यही अवस्थामा देश र समाज फर्किन्छ र यसरी नै लम्बे काल देखी जीबन र जगत चलिरहेको छ । महाभुकम्प पछी होस वा माओबादी युद्द पछीको पुन: निर्माण, ठूलो बाढी जाँदा वा ठूलो पैरो जाँदा पछीको पुन: स्थापनाको अवस्था यसरी नै गुजृयो ।
 
युएस-बंगला बिमानको दुर्घटना बारे कुरा गर्दा अहिले युएस-बंगला कम्पनीले नेपालको कन्ट्रोल रुम र नेपालको कन्ट्रोल रुमले बिमानलाई दोष दिइरहेका छन । हबाई जहाज दुर्घटना बारे निम्न तथ्य महत्वपूर्ण छ । अहिले सम्म भएका “प्लेन क्र्यास” बारेको अनुसन्धानले के देखाउछ भने अक्सर एउटा मात्र कारणले प्लेनको दुर्घटना हुँदैन । दुर्घटना भए आगलागी भएर यात्रुहरु खरानी बन्ने भयाबह दृष्य देखिने भए पनि प्लेन यान्त्रीक रुपले यती सुधारिएको यन्त्र हो कि करीब १२ लाख फ्लाईटमा एउटा प्लाईटमा दुर्घटना हुन सक्ने सम्भाबना हुन्छ भने करीब १ करोड १ लाख प्लेन यात्रीमा १ एक जना मर्ने सम्भाबना । अर्कोतिर कार वा बस दुर्घटनामा हरेक ५ हजार मान्छेमा एक जना मर्न सक्ने सम्भाबना हुन्छ ।
 
ब्ल्याक बक्स भित्र कक्पिटमा पाइलटले बोलेको कुरा र एअर्पोर्टको कन्ट्रोल रूम बिचको संबाद आदीको अनुसन्धानले सत्य तथ्य बाहिर आउने नै छ, तर प्रारम्भीक तथ्यहरु हेर्दा एउटा मात्र नभएर धेरै कुराले यो दुर्घटना भएको देखिन्छ ।
 
जस्तो कि पाइलटले गल्ती गरेर उत्तरतिर बाट ल्याण्ड गर्‍यो वा ल्याण्ड गर्दा “एङगल” मिलाउन सकेन भनिएको छ तर सार्बजनीक गरिएको कन्ट्रोल रोमको संबाद हेर्दा उत्तर र दक्षीण कता जाने भन्ने निर्देशन दिने कन्ट्रोल रुम र सुन्ने पाइलट बिच नै “मिस अन्डर स्ट्यान्डिङ” वा “कम्युनिकेसन गेप” जस्तो देखिन्छ । कन्ट्रोल रुमलाई प्लेन उत्तर गयो वा दक्षीण गयो भन्ने कन्फ्युजन जस्तो छ भने प्लेन र कन्ट्रोल रुम बिच क्य्रास अगाडीका १२ मिनेट जती कुनै संप र्क-संबाद छैन ।
 
म पाइलट वा एरोनौटिकल इन्जिनिअर होइन तर हाम्रो उत्तरमा पहाड पर्ने भएकाले ठूला प्लेन ओराल्न सजिलो छैन तर त्रिभुवन बिमान्स्थलमा ट्राफीक जाम हुँदा उत्तर बाट पनि अबतरण गर्ने अनुमती दिइन्छ भनिन्छ ।
 
हाम्रो भौगोलीक अवस्था र मौसम खराबी आदीले पार्ने समस्या (जस्तो कि प्लेन लाई कन्ट्रोल रुमले एर्पोर्ट देख्नु भो भन्नु पर्ने अवस्था) का अलावा हाम्रो मुख्य समस्या त्रिभुवन बिमानस्थल को स्तरोन्नती हुनु नसक्नु र करीब ३ करोड भन्दा बढी जनसंख्या भएको नेपालको एउटा मात्र अन्तराष्ट्रीय बिमानस्थल हुनु हो ।
 
सन २०१६ को एउटा अन्तराष्ट्रीय “र्यान्किङ” का अनुसार हाम्रो त्रिभुवन अन्तराष्ट्रीय बिमानस्थल बिश्वका दश खराब बिमानस्थलमा पर्छ । एउटा मात्र अन्तरराष्ट्रिय एयरपोर्ट हुनुको पीडा त छँदैछ, घरेलु र अन्तराष्ट्रीय सबै उडानहरु एउटै धाबन मार्ग बाट उड्ने र ओर्लिने बाध्यताले त्रिभुवन विमानस्थलमा बारम्बार एयर ट्राफिक जामको समस्या छ । एक बर्षमा झण्डै ६० लाख जती यात्री यो बिमानस्थलले सकी नसकी धानेको छ ।
 
बिश्वमा एउटा मात्र अन्तराष्ट्रीय बिमानस्थल हुने अरु देशहरु र भु-भागहरु पनि छन तर तीनीहरुको स्तर हेर्दा हाम्रो भन्दा कती गुना राम्रो छ । अस्ती मात्रै फुच्छे बालीको हाम्रो भन्दा कती राम्रो एअर्पोर्ट भनेर डा बाबुराम भट्टराईले आफ्नो फेसबूकमा लेखेका थिए ।
 
कम्तीमा पनि प्लेन उड्ने र बस्ने दुई छुट्टै धावन मार्ग हुँदा प्लेनको ट्राफीक जामले हुने दुर्घटना घटाउन सकिन्छ भने राडार आदी प्रबिधीको स्तरोन्नतीले प्लेनलाई कन्ट्रोल रुमले गाइड गर्न सजिलो हुन्छ ।
 
हामीले चाँडो भन्दा चाँडो पोखरा, लुम्बिनी र निजगढमा अन्तराष्ट्रीय बिमानस्थल निर्माण गर्नु जरुरी छ भने त्रिभुवन बिमानस्थललाई अन्तराष्ट्रीय मापदण्ड अनुसारको धावन मार्ग, टर्मिनल, राडार लगायतकको प्रबिधी र उद्दारको तैयारी लयायतको स्तरोन्नती गर्न जरुरी छ ।
 
हाम्रो बिडम्बना के भने बिमानस्थलको स्तर र सुबिधा अभिबृद्दीका लागी भनेर हरेक हवाई यात्री बाट उठाउने कर नागरीक उड्ययन प्राधिकरणमा मात्रै २० अरब जती पैसा खातामा बसिरहेको छ भनिन्छ, तर हाम्रो बिमानस्थलको खस्किदो अवस्थाका कारण समेत हवाई सेवा असुरक्षित बन्दै छ । सबै भन्दा खराब एर्पोर्टमा गनिने हाम्रो एर्पोर्टमा दुर्घटना हुँदा यसले नेपालको हवाइ सुरक्षा प्रती बिश्वको आशंका अझ बढाउने र यसले हाम्रो पर्यटन र अरु क्षेत्रमा असर पार्ने छ । अस्तु !!! (Picture courtesy: BBC and Nepali Times)
 
डा. अङ्गराज तिमिल्सिनाको फेसबुकबाट साभार