मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

घोडाघोडी नगरपालिकाका मेयर चौधरीमाथि गोली र खुकुरी प्रहार

घोडाघोडी नगरपालिकाका मेयर चौधरीमाथि गोली र खुकुरी प्रहार


काठमाडौं । बोक्सीको आरोपमा एक युवतीमाथि दुरव्यवहार भइरहँदा रमिते बनेको र अपराधीलाई मिलोमतोमा उन्मुक्ति दिन खोजेको भनी आलोचित बनेका कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार भएको छ । 
 
सोमबार बेलुका चौधरीको निवासमा मोटरसाइकलमा पुगेका अज्ञात समूहले गोली र खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
 
घाइते चौधरीको घोडाघोडी अस्पतालमा सामान्य उपचार भएपछि नेपालगन्ज रिफर गरिएको छ । प्रहरीका अनुसार उनको अवस्था चिन्ताजनक छ । 
 
प्रदेश नम्बर ७ का एआईजी माधव नेपालका अनुसार अज्ञात समूहले चौधरीमाथि आक्रमण गरेको हो । आक्रमणकारीको खोजी कार्य जारी रहेको उनले जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 
गत बिहीबार घोडाघोडीकी १२ कक्षामा अध्ययनरत युवती राधा चौधरीमाथि बोक्सीको आरोपमा भोलेबाबा भनिने झाँक्री रामबहादुर चौधरीले दुर्व्यबहार गर्दा मेयर ममताप्रसाद चौधरी रमिते बनेको समाचार आएपछि उनी आलोचित बनेका थिए । 
 
उनको खुट्टा र कम्मरमुनि गोली लागेको र टाउकोमा खुकुरी प्रहार भएको प्रहरी निरीक्षक कर्णसिंह कार्कीले जानकारी दिए ।