मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिका र उत्तर कोरियाको राष्ट्रपति विच भेटवार्ता हुने

अमेरिका र उत्तर कोरियाको राष्ट्रपति विच भेटवार्ता हुने


हिमालयखवर खवर 
अमेरिका- परस्पर नम्बर एक शत्रु मानिएका अमेरिका र उत्तरकोरिया विचको सम्वन्धमा नाटकिय मोड आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोगं उनले दुवैले भेटवार्ता गर्न सहमत भएका छन् । आउने मे महिनामा दुई देशका प्रमुख विच भेटवार्ता हुने तय भएको ह्वाइट हाउस र दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकारले विहिवार घोषणा गरेका छन् ।
 
अमेरिकाले उत्तर कोरिया माथि लगाएको आर्थिक नाकावन्दी तत्काल नहटाउने भएपनि दुवै नेता विच भेटघाट गर्न तय भएको हो । 
 
यो भेटघाटको समाचारले विश्वभर तरगं ल्याएको छ । यसलाई एतिहासिक भेटवार्ताका रुपमा लिईएको छ । दक्षिण र उत्तर कोरियाका सरकारी प्रतिनिधिहरु विच केही दिन अघि वार्ता भएको थियो । यसलेनै दुई नेता विच भेटवार्ताको वातावरण तयार पारेको हो । हाल दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार वासिंटन भ्रमणमा छन् ।
 
वासिंटनमा उनी उत्तर कोरियासंग भएको वार्ता वारे जानकारी दिन पुगेका ुहन् । दक्षिण कोरियाका अधिकारीले सोमवार किमसंग भएको भेटवार्ताको जानकारी ट्रम्पलाई दिएका थिए । उत्तर कोरिया आफ्नो परमाणु कार्यक्रम रोक्ने र शािन्तपुर्ण रुपमा सम्वन्ध स्थापित गर्ने पक्षमा प्रतिवद्ध देखिएपछि नयां समिकरण संभव भएको हो । 
 
दुई देश विच युद्ध हुने संभावना वढिरहेको वेला यस्तो समाचार आएको हो । यो भेटवार्ता संभव वनाउन चीनको भुमिका के कस्तो रह्यो स्पष्ट भएको छैन ।