मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

देउबालाइ पद छोडाउने होइन, शक्तिशाली बनाऔं

देउबालाइ पद छोडाउने होइन, शक्तिशाली बनाऔं


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अहिले संसदिय दलको नेता चुनिएपछि फेरि कांग्रेस नसुध्रने चिन्ता व्यक्त हुन थालेका छन् । जबकी देउवा अत्यधिक मत ल्याएर अर्का नेता प्रकाशमान सिंहसँग निर्वाचित भएका हुन् ।
 
गिरिजाप्रसाद कोइरालापछि कांग्रेसमा अहिले शक्तिशाली नेताका रुपमा देउवा उदाएका छन् । यो अवतार उनको लगातारको मिहेनत र धैर्यताले दिएको हो । पुर्खाले आर्जन गरेको ख्यातिबाट उनले यो पद पाएका होइनन । नत कसैसँग रगतको नाता जोडिएकै भरमा उनले पाएका हुन् । 
 
सूदूरपश्चिमबाट आएका एउटा सामान्य यूवा मिहेनत र धैर्यताबाट यो तहमा पुगेका छन् । शुरूका दिनको राजनीतिमा गणेशमान सिंह, कृष्णप्रसाद भटराईको आर्शिवाद देउवाले पाएकै हुन । गृहमन्त्री हुँदासम्म कोईरालाको आर्शिवाद देउवालाई थियो । त्यसपछिको राजनीति उनले आफ्नै वलबुतामा अगाडी बढाएका छन् । कतिपय समयमा त कोइरालालाइनै टक्कर दिएर उनी अघि बढेका छन् । दलभित्र र बाहिर प्रतिस्पर्धा गरेर उनले पद हासिल गरेका हुन । कसैले उनलाई दया माया गरेर पद दिएको होइन ।
 
कांग्रेस भित्र र सामाजिक संजालमा देउवाले अध्यक्ष पद समेत छोडेर यूवा नेतालाई जिम्मेवारी सुम्पनु पर्ने धारणा देखिएका छन् । मानौं की देउवालाई चाँही कसैले यी पदमा मनोनित गरेजस्तो गरि उनलाई पद छोड्नका लागि दवाव दिन थालिएको छ । युवा नेता हूं भन्नेले भिडेर पद लिनूपर्ने हो नी किन मागेको होला ?
 
अब देउवा लगायतका नेताले पद छोडेर वस्नुपर्ने र यूवालाई अगाडी ल्याउनुपर्ने माग पनि सुनिन्छ । देउवाले छोडनुपर्ने किन ? अरुले कांग्रेसलाई बहुमत ल्याउने दल बनाउन सक्छन भन्ने के ग्यारेन्टि छ ? प्रतिस्पर्धा गरेर देउवासंग पद खोस्ने प्रयास गरेको खै ? प्रतिस्पर्धा गर्न डराउने पद माग्ने काम यूवा नेतालाई सुहाउंदैन है । 
खासगरि युवा नेतालाई देउवाले पद हस्तान्तरण गर्नुपर्ने माग सुनिन थालेको छ । युवानेताले पद लिनका लागि देउवासँग प्रतिस्पर्धा गर्नुपर्ने विषयलाई ओझेलमा राखिएको छ । कांग्रेसमा युवा नेताले आफूलाई सक्षम प्रमाणित गर्न देउवासँग प्रतिस्पर्धा गरे भैहाल्यो नी । देउवाले दान दिएर पद लिन खोज्ने त होइन नी ।
 
गिरिजाप्रसाद कोईरालासँग प्रतिस्पर्धा गरेर पटक पटक हार्दै हतोत्साही नभएर बसेपछि उनले नेपाली कांग्रेसको अध्यक्ष पद पाएका हुन । कसैले उनलाई यो पद टिका लगाएर दिएको होइन । अझ कोइराला समूह र आफ्ना समकालीन मित्र रामचन्द्र पौडेललाई पराजित गरेर उनले कांग्रेसको नेतृत्व पाएका हुन । कसैले दया, मायाँ गरेर उनलाई यो पद दिएको होइन । प्रतिस्पर्धा गरेर जितेर पाएका हुन । अब उनले पद छोडनुपर्ने हो भने पनि प्रतिस्पर्धाबाट नै छोडने हो । उमेर, निर्वाचन परिणाम लगायतका कारणले देउवाले पद किन छोड्ने ? उनले छोडेपछि कांग्रेसमा सूधार हून्छ भन्ने ग्यारेन्टि कसैले दिन सक्छ ? यसको उत्तर कसैले दिन सक्दैन ।
 
देउवाले विगतमा प्रतिनिधिसभा विघटन गर्ने, स्थानीय निकायको म्याद नथप्ने र कांग्रेस विभाजित गर्ने नकारात्मक काम गरेकै हुन । उनी अहिले त्यतिवेलाका देउवा होइनन् । किनभने उनले यसपटक तिनै तहको चुनाव गरेर देशलाई अगाडी बढाएका छन् ।
 
तर आफ्नो दल कांग्रेसलाई भने उनले बलियो बनाउन सकेनन् । दललाई बलियो बनाउन नसक्दा सरकारको नेतृत्व गर्न पाउने अवसर पनि देउवाले नै गुमाएका छन् । यदि कांग्रेसको वहुमत आउँथ्यो भने त उनी नै प्रधानमन्त्री हुन्थे नी । उनी यो रणनीतकि कौशलतामा चुकेका हुन । देउवाले चूनावी रणनीति अवलम्वन गर्न सकेका भए कांग्रेसका वहुमत पनि आउन सक्थ्यो होला । तर उनले त्यसो गर्न सकेनन् ।
 
जसरी एमालेले माओवादीसँग तालमेल गर्ने रणनीतिक चातुर्यता देखायो । त्यस्तै चातुर्यता देउवाले देखाउन सकेनन् । उनले कमजोरदलसँग तालमेल गरेपछि परिणाम सकारात्मक भएन । उनले ल्याएका नीतिका कारण यसपटक कांग्रेसले हारेको होइन । कांग्रेस पछाडी परेको एमाले र माओवादीको तालमेलले हो । अब यी दुइ दल एकताको नजिक पुगिसकेका छन् । यही बेलामा देउवाले पनि अर्को चूनावमा कांग्रेसले वहुमत ल्याउने रणनीति भने बनाउन जरुरी छ । देउवाले पद छोडिदिएर अरु कसैले कांग्रेसलाई अगाडी बढाउन सक्छ भन्ने विश्वास तत्कालका लागि गर्न सकिंदैन ।
 
कांग्रेसको सुधार यसको महाधिवेशनले गर्छ । कस्तो नेतृत्व ल्याउने भन्ने पनि महाधिवेशनलाई नै छोडिदिनुपर्छ । नेतृत्व लिन चाहनेले जनमत बनाउन सक्नुपर्छ र प्रतिस्पर्धा गरेर लिनूपर्छ । दाईले दान दिएर नेतृत्वमा जान खोज्ने होइन ।
 
कांगेस पछाडी परेपनि मुलुकुले स्थिर सरकार पाउनु सकारात्मक पक्ष्ँ हो । प्रतिपक्षमा कांग्रेस हुँदा अराजकता पनि कम हुन्छ । देशमा वन्द, हड्ताल पनि कम हुन्छन् । नेपालीले कम दुख पाउंछन् । यो सकारात्मक पक्ष हो ।
 
यसैले देउवाले पद छोड्ने होइन , उनलाई शक्तिशाली हुनुपर्छ । देश र कांग्रेसको हित यसैमा छ ।