मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै


काठमाडौँ । आज मार्च ८ अर्थात् १०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । विश्वभर विविध कार्यक्रम गरेर मनाइँदै छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै आएको छ ।
 
नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले आज र्‍याली गोष्ठी तथा अन्तक्रिर्या कार्यक्रमको आयोजना गरेका छन् । महिला दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।
 
अमेरिकी श्रमिक महिलाले न्यूयोर्कस्थित एक कपडा उद्योगमा समान ज्याला, आराम र मातृशिशु अधिकार माग्दै सन् १९०८ को मार्च ८ मा चलाएको आन्दोलनको स्मरणमा यो दिवस संसारभर मनाइँदै आएको छ । 
 
नेपालको सन्दर्भमा संविधानले नै राज्यका हरेक निकायमा महिलाको सहभागिता ३३ प्रतिशत सुनिश्चित गरेको छ । तर, एकाधबाहेक ३३ प्रतिशत महिला सहभागिता देखिँदैन । राजनीतिक दलका नेतृत्व तहको सन्दर्भमा पनि महिलाको सहभागिता न्यून नै रहेको अवस्था छ । १०८ वर्षअघिदेखि उठिरहेको यो आवाज आजपर्यन्त जारी छ । 
 
विश्वभर नारी दिवस मनाइँदै आए पनि विश्वव्यापी रुपमा महिलालाई अझै पनि विलासिता र प्रचारको वस्तुका रुपमा उपयोग गरिँदै आएको छ । महिला राज्यका अवसरबाट समेत वञ्चित छन् । 
 
छोराछोरीलाई समान शिक्षा, समान अवसर र समान व्यवहार गर्नु नै विभेद अन्त्यको प्रमुख अस्त्र हो । तर, राज्यले नै महिला र पुरुषले गर्ने श्रममाथि पनि विभेद गरेको छ । नारी दिवस मनाइँदै गर्दा महिलाका हकअधिकारलाई सफल कार्यान्वयनमा जोड दिएर थप अधिकार प्राप्तिका निम्ति संगठित ढंगले आवाज उठाइनुपर्छ । 
 
एकदिन महिला दिवस मनाएरमात्रै समग्र नारीको उत्थान सम्भव देखिँदैन । पुरुषलाई नारी उत्थानको बाधकका रुपमा हेर्ने गरिएको छ । तर, वास्तविकता के हो भने नारीको उत्थानमा स्वयम् नारीहरु नै बाधक देखिएका छन् । अधिकारका लागि यो दिवस मनाइँदै गर्दा राज्य सञ्चालकले महिलाको हकअधिकारबारे गम्भीर मनन गर्नु जरुरी भएको छ ।