मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

मधेसी एसोसिएसन इन अमेरिका क्यालिफोर्निया च्याप्टरले रंग खेलेर होलीको समापन

मधेसी एसोसिएसन इन अमेरिका क्यालिफोर्निया च्याप्टरले रंग खेलेर होलीको समापन


हिमालयखवर संवाददाता
क्यालिफोर्निया(अमेरिका)- मधेसी एसोसिएसन इन अमेरिका, क्यालिफोर्निया च्याप्टरले आयोजनामा हिन्दु नेपालीहरूको विशेष चाड होलीको अवसरमा आगामी मार्च ४ तारिख आइतबारको दिन Ralpha B.clark Regional Park स्थित Buena  park मा भव्यरुपमा होली कार्यक्रम सम्पन्न भएकोछ । सो कार्यक्रममा विभिन्न परिकारका खानाहरूको व्यवस्था साथ धेरै रमाइलो गरेका थिए ।
मधेसी एसोसिएसन इन अमेरिका क्यालिफोर्निया च्याप्टर लसएन्जल्सको अध्यक्ष दिनेश शाहले लसएन्जल्सबासी नेपाली समुदायको सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्वागत गर्दै एक आपसमा सामाजिक सद्भाव र भाइचाराको सम्बन्ध क़ायम गरौँ साथै रमाऔँ भनी सहभागीहरूलाई आह्वान समेत गरेका छन् । प्रवासमा रहेर पनि होलीको पर्व मनाउन पाउँदा निकै रमाइलो महसुस भएको सहभागीहरुको प्रतिकृया थियो । फोटो: शंकर वाग्ले