मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

९० औँ ओस्कार, द सेप अफ द वाटर उत्कृष्ट चलचित्र

९० औँ ओस्कार, द सेप अफ द वाटर उत्कृष्ट चलचित्र


हिमालयखवर संवाददाता 
अमेरिका- यस वर्षको ओस्कारमा द  सेप अफ द वाटरले बाजी मारेको छ । अमेरिकाको लसएञ्जल्स स्थित डाब्ली थिएटरमा आइतबार आयोजना गरिएको ९० औँ ओस्कार पुरष्कार वितरण समारोहमा उत्कृष्ट फिल्म (वेष्ट पिक्चर) सहित सेप अफ द वाटरले ४ वटा ओस्कार आफ्नो बनाएको हो । 
 
ओस्कार विश्वकै सबैभन्दा प्रभावशाली र ठुलो फिल्मी दुनियाँ हलिउडको प्रतिष्ठित पुरष्कार हो ।  
 
यस वर्ष द सेप अफ द वाटर १३ अलग अलग विद्यामा ओस्कारका लागि मनोनयनमा परेको थियो । यस मध्ये द सेप अफ द वाटरले चार विद्याका पुरष्कार आफ्नो पोल्टामा पारेको हो । 
 
उक्त फिल्मका निर्देशक गीयेरमो डेल टोरोले उत्कृष्ट निर्देशकका रूपमा ओस्कार विजेता भएका छन् । 
 
उत्कृष्ट अभिनेता विद्यामा डार्केष्ट आवर फिल्मबाट गैरी ओल्डम्यानले ओस्कारवाट पुरष्कृत भए । उत्कृष्ट अभिनयका लागि अभिनेत्री फ्रांसेस मकडोर्मडले ओस्कार हात पारिन । 
 
फेसन, मनोरञ्जन सहितको भव्य उक्त ९० औँ ओस्कार वितरण समारोहमा महिला माथि हुने ज्यादती, अमेरिकामा आप्रावासीको योगदान  जस्ता विषयपनि प्रवेश गरेका थिए । एक वर्ष यता विश्वले गुमाएर चलचित्र उद्योगमा संलग्नहरूलाई पनि उक्त अवसरमा श्रद्धान्जली दिइएको थियो । यसमा भारतीय फिल्म उद्योगले गुमाएका श्रीदेवी, शशी कपुरको पनि समावेश थिए । 
 
सन् २०१७ बनेको द सेप अफ द वाटर एउटी गुप्त सरकारी प्रयोगशाला सफाइ गर्ने महिला कर्मचारीले विशेष जनावर भेटेपछिको कथा हो । करिब २ करोड डलरको लगानीमा बनेको यो फिल्मले झण्डै साढे ११ करोड कमाएको थियो ।