मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संसदीय दलको नेतामा देउवा विजयी

संसदीय दलको नेतामा देउवा विजयी


काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको नेतामा कांग्रेस सभापति शेरबहादुर देउवा विजयी भएका छन् । 
 
देउवाले प्रतिस्पर्धी केन्द्रीय सदस्य प्रकाशमान सिंहलाई २५ मतअन्तरले पराजित गर्दै संसदीय दलको नेता चुनिएका हुन् । 
 
देउवाले कूल खसेको मतमध्ये ४४ मत प्राप्त गरे भने सिंहले १९ मतमा चित्त बुझाउनु परेको निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिए । 
 
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य प्रकाशमान सिंहबीच प्रतिस्पर्धा चलेको थियो । देउवाको प्रस्तावकमा पार्टी नेता विजयकुमार गच्छदार रहेका थिए भने समर्थकमा मानबहादुर विश्वकर्मा रहेका थिए । यस्तै सिंहको प्रस्तावकमा सीतादेवी यादव थिइन् भने समर्थकमा सञ्जय गौतम रहेका थिए । 
 
नेपाली काँग्रेसको प्रतिनिधिसभामा प्रत्यक्षतर्फ २३ र समानुपातिक प्रणालीतर्फ ४० जना सदस्यले मतदान गरेका थिए ।