मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भरतपुर अस्पतालको झ्यालबाट हाम्फाल्दा एक बिरामीको मृत्यु

भरतपुर अस्पतालको झ्यालबाट हाम्फाल्दा एक बिरामीको मृत्यु


चितवनको भरतपुर अस्पतालको झ्यालबाट हाम्फाल्दा एक बिरामीको मृत्यु भएको छ । 
 
पश्चिम चितवनको जगतपुर निवासी ५२ वर्षीय धनराज सुब्बाको यसरी मृत्यु भएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । उनी यही फागुन १९ गते रक्सी सेवनका कारण प्याङक्रियाज सुनिएर उपचारका लागि भरतपुर अस्पतालमा भर्ना भएका थिए । 
 
भरतपुर अस्पतालको मेडिकल वार्डमा उपचाररत सुब्बाको आइतबार साँझ करिव ५ः३० बजेको समयमा अस्पतालको झ्यालबाट हाम्फालेर मृत्यु भएको ढकालले जानकारी दिए । 
 
उनका अनुसार सुब्बाले अस्पतालको शौचालयको झ्यालबाट हाम्फालेका थिए । गम्भीर अवस्थामा भेटिएका उनको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।