मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

श्रीमतीलाई वेश्यावृत्तिमा लगाउने अभियुक्तलाई ११ वर्ष कैद

श्रीमतीलाई वेश्यावृत्तिमा लगाउने अभियुक्तलाई ११ वर्ष कैद


आफ्नै श्रीमतीलाई वेश्यावृत्तिमा लगाउने श्रीमान् पनि हुन्छन् ? यस्तो कुरा विश्वास गर्न गाह्रो पर्छ । तर, चितवनमा यस्तो जघन्य अपराध भएको छ । 
 
दक्षिण चितवनको माडी नगरपालिका–६ का ३१ वर्षीय राजु काफ्लेले आफ्नै श्रीमतीलाई दैनिक वेश्यावृृत्तिमा पठाइ आम्दानीको स्रोत बनाउने गरेको कर्कुतबारे पीडित श्रीमतीले नै मुख खोलेपछि घटना सार्वजनिक भएको हो । 
 
अभियुक्त काफ्लेले २१ वर्षीया श्रीमतीलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएको मुद्दामा चितवन अदालतले आइतबार ११ वर्ष कैद सजाय सुनाएको छ । 
न्यायाधीश  राजेन्द्र अधिकारीको इजलासले कैदसँगै अभियुक्त राजुसँग ५५ हजार जरिवाना असुल गर्नुपर्ने र २५ हजार रुपैयाँ पीडित श्रीमतीलाई क्षतिपूर्ति भराउनु पर्ने फैसलासमेत गरेको छ । 
 
विभिन्न होटलमा राखेर यौन व्यापार गर्न बाध्य बनाएको भन्दै पीडित युवतीले गत साउन १७ गते जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएकी थिइन् । 
 
पीडित महिलाको पक्षबाट मुद्दा लडेकी महिला अधिकारकर्मी अधिवक्ता फूलमाया रानाभाटले मानव बेचबिखन तथा ओसारपोसार ऐन–२०६४ को दफा ४ (ख) बमोजिम मुद्दा दर्ता भई ऐनको दफा १५ (ख) बमोजिम ११ वर्षको कैद सजाय भएको जानकारी दिइन् । 
 
मानव बेचबिखनअन्तर्गत १० वर्ष र संरक्षकको हैसियतमा रहने श्रीमान्बाटै उक्त जघन्य अपराध भएको ठहर भई थप एक वर्ष गरी कूल ११ वर्ष कैद सजाय अदालतबाट फैसला भएको उनले जानकारी दिइन् । 
 
यसैबीच, घटनाकी पीडित महिलाले आफूले न्याय पाएको बताएकी छन् । माडी घर भई हाल भरतपुर महानगरपालिका–७ पिपलचोकमा डेरा गरी बस्ने श्रीमान्ले नै आफूलाई दैनिक रातको समयमा नारायणगढ र भरतपुरका विभिन्न होटलमा लगेर वेश्यावृत्तिमा लगाउने गरेको पीडितले बताइन् । 
 
उनीहरुको पाँच वर्षको छोरा छ । छोरा हजुरबुबुा हजुरआमासँग माडीमै बस्दै आएका छन् ।  पीडित युवतीले भनिन्, “हरेक दिन बिहान मैले उनलाई रातभरीको कमाइको हिसाबकिताब बुझाउनु पथ्र्यो । आफ्नै श्रीमान्बाट जबर्जस्ती यौन धन्दामा लाग्नुपरेको पीडामा आज मल्हम लागेको महसुस भएको छ ।”
 
घटनाको विषयमा कसैलाई भने मार्नेसम्मको धम्की श्रीमान्ले दिने गरेको पीडित महिलाले अदालतमा दिएको बयानमा उल्लेख छ । पीडित महिलाकै चिनजानकी दिदीले बहिनीको गतिविधि शंकास्पद लागेपछि धेरै समयको सोधपुछबाट मात्र घटना सार्वजनिक भएको हो । माइतीको अवस्था कमजोर भएकाले आफूले घटना बाहिर ल्याउन नसकेको पीडित महिलाले बताइन् । 
 
पीडित युवती हाल भरतपुरस्थित आर्दशगृहमा रहेकी छन् । आदर्श गृहकी अध्यक्ष मीना खरेल भन्छिन्, “घटना हामीले थाहा पाउनेबित्तिकै आर्दशगृहमा ल्याएर संरक्षण दिएका छौँ ।”