मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली समाजको स्कूल सुरु

नेपाली समाजको स्कूल सुरु


हिमालयखवर संवाददाता
ड्यालस (टेक्सस) – नेपाली समाज टेक्सस (एनएसटी) ले बालबालिकाहरुका लागि नयाँ व्यबस्था सहित स्कूल सञ्चालन सुरु गरेको छ । 
 
आइतबारदेखि सुरु भएको नयाँ शैक्षिक सत्रका लागि विगतको भन्दा कोर्समा परिमार्जन गरिएको नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापाले बताए ।
 
हरेक आइतबार दिउँसो १ देखि ४ बजेसम्म सञ्चालन हुने कक्षामा यस पटक नैतिक शिक्षा, नेपाली र डान्स, खेलकुद, हाजिरी जवाफ, कल्चर, फेसन शो, वक्तृत्वकला जस्ता विषयहरु समावेश गरिएका छन् ।
 
विगतका कक्षाहरु सैद्धान्तिक विषयमा मात्र केन्द्रित रहेको गुनासो अभिभावकबाट आएपछि परिमार्जन गरिएको थापाले बताए । नर्सरीदेखि कक्षा ७ सम्मका विद्यार्थीहरु (५ देखि १३ वर्ष उमेर समुह) लाई समेट्नेगरि यस पटक कक्षा सञ्चालन हुने जनाइएको छ । 
 
मे अन्तिमसम्म सञ्चालन हुने यसपटकको कक्षामा आफ्ना बालबालिकालाई भर्ना गर्न समाजले आग्रह गरेको छ । कक्षामा भर्ना अहिले पनि खुल्ला रहेकोले बालबालिका ल्याइदिन समाजले आग्रह गरेको छ । 
 
नेपाली समाजले विगतदेखिनै नेपाली बालबालिकाका लागि कक्षा सञ्चालन गर्दै आएको छ ।