मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

श्रीदेवीको मृत्युको कारण हृदयघात कि कस्मेटिक सर्जरी ?

श्रीदेवीको मृत्युको कारण हृदयघात कि कस्मेटिक सर्जरी ?


हिमालयखवर संवाददाता
अमेरिका –  बलिउडकी चर्चित नायिका श्रीदेवीको मृत्यु गम्भिर हृदयघातवाट भएको जानकारी बाहिर आएको छ । तर, ५४ बर्षिय आफ्नो जमानाकी सुपरस्टार नायिका श्रीदेवीलाई यस अघि कहिल्यै पनि मुटु रोगको समस्या नदेखिएको हुँदा उनको मृत्युका कारणवारे विभिन्न अड्कलबाजीहरु बाहिर आएका छन् । 
 
भारतीय संचारमाध्यमले सुत्रलाई उदृत गर्दै श्रीदेवीको मृत्युको कारण कस्मेटिक सर्जरीपनि हुन सक्ने आशंका व्यक्त गरेका छन् । श्रीदेवीले कयौं पटक आफ्नो रुप र शरिरलाई सदावहार यौवन राख्न कास्मेटिक सर्जरी गराएकी थिईन । भारतको चर्चित संचार संस्था द टाइम्स अफ इन्डियाका अनुसार उनले २९ पटक यस्तो सर्जरी गराएकी थिईन । एक पटक सर्जरीका क्रममा समस्या आएको थियो । यही कारण उनले डाक्टरको सल्लाह अनुसार औषधी सेवन गरिरहेकी थिईन । 
 
श्रीदेवीले कयौं पटक अमेरिकाको क्यालिफोर्नियामा सर्जरी गराएकी थिईन । त्यहीका डाक्टरले उनलाई केही पिल्सहरु सेवन गर्न सल्लाह दिएका थिए । उनले उक्त सल्लाहअनुसार पिल्स सेवन गरिरहेको बताईएको छ ।
 
यसवाहेक भारतीय संचार माध्यमले उनले बुढौली आउन नदिने औषधी पनि सेवन गरिरहेकी थिईन । यी औषधीनै उनको मृत्युको कारण हुन सक्ने आशंका गरिएको छ । यस्ता औषधीले रगतलाई बाक्लो बनाउँछ । मनोरञ्जन क्षेत्रमा कस्मेटिक सर्जरी अहिले आम मानिन्छ । हलिउड, बलिउडमा कयौं कलाकार सदवाहर राम्रो देखिन यस्तो सर्जरी गराउँछन् । 
 
जुन दिन दुवईमा श्रीदेवीले प्राण त्याग गरिन उक्त बेला उनी होटलको कोठामा एक्लै थिईन । मृत्युपछि पनि उनका निकट परिवारका सदश्यले श्रीदेवीलाई यस अघि मुटुरोगको कुनै लक्षण नदेखिएको सार्वजनिक रुपमा बताएका थिएन । देवर संजय कुपरले श्रीदेवीलाई मुटु रोग नभएको बताएका थिए । श्रीदेवीको दुबईमै पोष्टमांर्टम गरिएको छ । यसको रिर्पोटले उनको मृत्युको केही कारण खुलाउन सक्छ । 
 
श्रीदेवीको पार्थिव शरिर सोमवार दुबईवाट भारत ल्याइने भएको छ । श्रीदेवीको कर्म क्षेत्र मुम्बईमै उनको अन्तिम संस्कार हुने छ ।
 
बलिउडकी सुन्दर नायिका श्रीदेवीको मृत्यु भारतीय संचारमाध्यममा मात्र होइन अमेरिकाका प्रमुख संचार माध्यम सीएनएन लगायतले कभरेज गरेका छन् ।