मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

महेन्द्र दलका गणपतिले बनाए मलामी विश्रामस्थल

महेन्द्र दलका गणपतिले बनाए मलामी विश्रामस्थल


चितवन । प्रमुख सेनानी सुरेन्द्र सापकोटा र उनकी धर्मपत्नी लक्ष्मीले देवघाटमा मलामी विश्रामस्थल निर्माण गरेका छन् ।
 
भरतपुरस्थित दी फेमस महेन्द्र दल गणका गणपति सापकोटाले आफ्ना मातापिताका नाममा रहेको दिलबहादुर–जसुदा फाउण्डेशनबाट निजी खर्चमा बनाएको विश्रामस्थल आइतबार उद्घाटन गरिएको छ ।
 
सो अवसरमा प्रमुख सेनानी सापकोटाले मलामी आएका व्यक्ति पानी पर्दा र चर्काे घाम लाग्दा ओत लाग्न कठिन भएको देखेपछि विश्रामस्थल निर्माण गरिएको बताए ।
 
रु चार लाख खर्च गरेर एक महिनामा सिमेन्टको पिलर र टिनको ट्रसबाट बनाइएको विश्रामस्थलमा करीब १०० मलामी बस्न मिल्छ । देवघाट क्षेत्र विकास समितिको गुरूयोजनाअन्तर्गत थप व्यवस्थित गर्नुपरेमा आवश्यक काम फाउण्डेशनका तर्फबाट गरिने उनले बताए । फाउण्डेशन तनहुँको दमौलीमा स्थापना गरिएको हो ।
 
देवघाटमा चितवनसहित छिमेकी जिल्लाबाट शव दहनका लागि ल्याइन्छ । देवघाटमा व्यापार व्यवसाय गर्दै आएका समाजसेवी रत्नलाल शर्मा कँडेलले एक दिनमा करिब ३५ शव दहनका लागि ल्याइने गरेको बताए ।