मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टीपीएस नविकरणका पहल

टीपीएस नविकरणका पहल


हिमालयखवर संवाददाता
काठमाडौँ- गैर आवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल सरकारले अमेरिकामा नेपालीले पाएको काम गर्ने र बस्ने सुविधा टेम्प्राररी प्रटेक्ट स्टाट्स (टीपीएस) लाई आफ्नो मुद्दाका रूपमा अगाडी बढाएको छ। अमेरिका क्ष्ँेत्र क्षेत्रीय संयोजक (आरसी) गौरी जोशी र एनआरएनएका सल्लाहकार हरिबोल भण्डारी लगायतले यसका लागि अध्यक्ष भवन भट्ट र पदाधिकारीसँग आग्रह गरेका थिए ।
 
'हामीले टीपीएस नविकरणका लागि नेपाल सरकारले पहल गरोस् भन्ने मुद्दा प्रधानमन्त्री केपी ओलीसँग पनि राख्यौँ -जोशीले भने 'प्रधानमन्त्रीले नेपाली समुदायको हित हुने जुनसुकै काम पनि सरकारले गर्ने आश्वासन दिनु भएको छ।'  
 
प्रधानमन्त्रीसँग केही समय लिएर हामीले टीपीएसको नविकरणका लागि सरकारले पहल गर्नु पर्छ भन्नेबारेमा ध्यानाकर्षण गरायौँ सल्लाहकार भण्डारीले भने प्रधानमन्त्री सकारात्मक हुनुभयो, यसबारेमा परराष्ट्र सचिवसँग पनि बुझेर नियम कानुनले मिल्ने समय सरकारले पहल गर्छ भन्ने जवाफ दिनु भएको छ । 
 
प्रधानमन्त्रीको जवाफले हामी उत्साहित छौँ भण्डारीले भने । एनआरएनए अध्यक्ष भट्टले टीपीएस नविकरणका लागि प्रधानमन्त्रीलाई लिखित अनुरोध पत्र पनि दिनु भएको भण्डारीले जानकारी दिए ।
 
टीपीएस अमेरिकाको मुद्दा थियो 'एनआरएन केन्द्रीय नेतृत्वले यसलाई आफ्नो एजेण्डा वनाउंदा हाम्रो प्रयास सफल भएको मलाई लाग्छ' -जोशीले भने । टीपीएसका बारेमा जोशी, भण्डारी लगायतले परराष्ट्र सचिव शंकर वैरागी दाहालसंगपनि छलफल गरेका थिए । पराराष्ट्र सचिवले औपचारिक रूपमा पत्र नलेख्ने तर, यो मुद्दा उठाउने बताएका थिए । 
 
टीपीएस नविकरणका लागि एनआरएन अमेरिकाले टेक्ससबाट प्रतिनिधित्व गर्ने सिनेटर टेड क्रुजसंगपनि भेट गर्ने कार्यक्रम तय गरेको छ । मंगलवार वासिङ्टन डिसीमा एनआरएन अध्यक्ष डा केशव पौडेल लगायतको प्रतिनिधि मण्डलले सिनेटरसंग भेटगरी टीपीएस नविकरणका लागि सहयोग गर्न आग्रह गर्ने कार्यक्रम छ । 
 
एनआरएनए अध्यक्ष भट्टको नेतृत्वमा शुक्रवार एनआरएन प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए । नवनियुक्त प्रधानमन्त्री ओलीलाई बधाई दिने उद्देश्यले भएको उक्त भेटघाटमा दोहोरो नागरिकता, लगानी, एनआरएनएले अघि बढाएको कोष लगायतका विषयमा छलफल भएको बैठकमा सहभागीले जानकारी दिए । बैठकमा अमेरिकाबाट हरिबोल भण्डारी, जोशी लगायत पदाधिकारीको पनि सहभागिता थियो । 
 
उक्त भेटमा प्रधानमन्त्रीले झण्डै एक घण्टा लामो मतव्य दिएका थिए । यस क्रममा प्रधानमन्त्रीले एनआरएनएका मुद्दालाई सकारात्मक रूपमा लिई अगाडी बढाउने बताएको बैठकका सहभागीले जानकारी दिए ।  
 
हाम्रा मुद्दामा प्रधानमन्त्री ओली सकारात्मक हुनुहुन्छ जोशीले भने नेपालीको हितमा काम गर्दा आफूले सधैँ साथ दिने र त्यसअनुसार मातहतका निकायलाई निर्देशन दिने प्रधानमन्त्रीले आश्वासन दिनुभएको छ । 
 
उक्त भेटमा एनआरएनएका केन्द्रीय तहका पदाधिकारी अध्यक्ष, उपाध्यक्ष सपिला राजभण्डारी, महासचिव डा बद्री केसी लगायतको सहभागिता थियो ।