मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

नर्भिकका डाक्टरको लापरबाही : समस्या देब्रे खुट्टामा, अप्रेशन दाहिनेमा

नर्भिकका डाक्टरको लापरबाही : समस्या देब्रे खुट्टामा, अप्रेशन दाहिनेमा


काठमाडौँ । चिकित्सकको लापरबाही बढिरहेको सन्दर्भमा नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले उपचारका क्रममा गम्भीर गल्ती गरेको छ । 
 
देब्रे खुट्टाको अपरेशन गर्न भर्ना भएकी चितवन भरतपुरकी ३८ वर्षीया बिन्दु पौडेलको दाहिने खुट्टाको घुँडाको अपरेशन गरिएपछि लापरबाहीको घटना बाहिर आएको हो । 
 
बिन्दु देब्रे खुट्टाका लिगामेन्ट च्यातिएका कारण उपचार गर्न नर्भिक आएकी थिइन् । चितवनमा देखाउँदा अपरेशन गर्नुपर्छ भनेपछि परिवारका सदस्य एमआरआईको रिपोर्ट बोकेर नर्भिक अस्पताल आइपुगेका थिए ।
 
रिपोर्ट हेरेपछि डा. प्रवीण नेपालले अपरेशन गर्नुपर्ने राय दिए । बिन्दु शुक्रबार बिहान अस्पताल भर्ना भइन् । उनको अपरेशन सुरु भयो । झण्डै चार घन्टा अपरेशन थियटरमा राखेर उनको अपरेशन भयो । तर, डा. प्रवीणले देब्रे घुँडाको अपरेशन गर्नुपर्नेमा दाहिनेमा गरेछन् । 
 
पीडित परिवारले अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंह कहाँ पुगेर गुनासो गरे । सिंहले उपचारका क्रममा गम्भीर गल्ती भएको बताए । डा. नेपालले भूलवश मानवीय त्रुटीका कारण दाहिने घुँडाको अपरेशन हुन गएको तथ्य स्वीकार गरे । 
 
शनिबार अस्पताल र पीडित पक्षबीच चारबुँदे सहमति भएको छ । सहमतिमा प्रवीण नेपाल र शैलेज रञ्जितकारले गल्ती स्वीकार गर्दै बिरामी बिन्दुको दुवै खुट्टाको निःशुल्क उपचार गर्ने, नर्भिकमा उपचार सम्भव नभए विज्ञ चिकित्सकका आधारमा सम्पूर्ण उपचार अस्पतालले गर्ने सहमति गरेका छन् । 
 
बिरामीको घुँडाको उपचार नेपालमा सम्भव नभई बाहिर लैजानुपरेमा सम्पूर्ण उपचार खर्च अस्पतालले नै व्यहोर्ने सहमतिसमेत भएको छ । -एजेन्सी