मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

धार्मिक पर्यटनमार्फत आर्थिक समृद्धि : प्रचण्ड

धार्मिक पर्यटनमार्फत आर्थिक समृद्धि : प्रचण्ड


चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक पर्यटनमार्फत आर्थिक समृद्धि सम्भव रहेको बताएका छन् ।
 
श्रीकृष्ण प्रणामी मन्दिर जिरौनाकोे स्वर्ण महोत्सव समारोहको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेपालका मठमन्दिर, गुम्बा र ऐतिहासिक सम्पदाको संरक्षण गरी धार्मिक पर्यटनको विकास गरिने बताए ।
 
प्रचण्डले सबै धर्म मान्नेलाई सरकारले समान व्यवहार गर्नुपर्ने बताउँदै धार्मिक आस्थालाई सरकारले सम्मान गरेर सोहीअनुसार व्यवहार गर्नुपर्नेमा जोड दिए ।
 
नेपालका कम्युनिष्टहरु र धर्म मान्नेहरुको एउटै उद्देश्य मानवसेवा रहेको भन्दै प्रचण्डले आफूहरुले धर्मालम्बीहरुसँग सहकार्य गर्न चाहेको बताए ।
 
कार्यक्रममा श्रीकृष्ण प्रणामी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तिलकराज शर्मा पौडेलले मन्दिरको सञ्चालनको लागि वार्षिक १० लाख रुपैयाँ खर्च लाग्ने उल्लेख गर्दै आर्थिक सहयोगका लागि सरकारको ध्यानाकर्षण गरे ।
 
उनले भने, “हामीले पाँच करोड रुपैयाँ खर्चेर नेपालमै नमुना मन्दिर निर्माण गरेका छौं, अब यसको संरक्षण सरकारले गर्नुपर्छ ।”