मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आफूलाई प्रहरी बताउँदै लुट्ने पक्राउ

आफूलाई प्रहरी बताउँदै लुट्ने पक्राउ


चितवन । आफूलाई सादा पोसाकको प्रहरी हुँ भन्दै लुटपाट गर्ने दुई जनासहित ज्यान मार्ने अभियोग लागेका अन्य तीन जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
 
लुटपाट आरोपमा पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं. १२ बस्ने वर्ष १७ का आशिष मगर र भरतपुर महानगरपालिका वडा नं. ११ बस्ने वर्ष २० का सिजन गुरुङ रहेका छन् ।
 
यही फागुन ४ गते भरतपुर महानरपालिका वडा नं. ११ स्थित विशाल चोकमा बसबाट ओर्ली घर जाने क्रममा हामी प्रहरी हौं भनेर खानतलासी गरी नारायण धितालबाट नगद १० हजार रुपैयाँ र एक सेट मोबाइल लुटेर आशिष र सिजन फरार भएका थिए । उनीहरुलाई बिहीबार अपरान्ह प्रहरीले पक्राउ गरेको हो ।
 
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं २७ बस्ने वर्ष २० का हेम बहादुर थापा, भरतपुर महानगरपलिका वडा नं ७ बस्ने वर्ष १८ का विवश अर्याल र भरतपुर महानगरपलिका वडा नं ७ बस्ने वर्ष २२ का अनुप सुवेदी रहेका छन् । 
 
उनीहरुलाई भरतपुर महानगरपालिका वडा नं. २४ ध्रुवस्थित चेकिङको क्रममा शुक्रबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
 
गत माघ १५ गते साँझ ७ बजेको समयमा भरतपुर महानगरपालिका–१० चित्रसेन मार्गस्थित आरपीजेड गेम हाउसमा भरतपुर–१२ घर भई गेम हाउसका संचालक सौजन राना र सोही गेम हाउसका कर्मचारी उज्जवल भण्डारीलाई हेम बहादुर थापालगायतको समूहले खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीको आरोप छ । 
 
पक्राउ परेका तीनै जनालाई कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी प्रमुख दीपक थापाले बताए ।