मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

वाम एकता भत्काउने षडयन्त्र भइरहेको छ : प्रचण्ड

वाम एकता भत्काउने षडयन्त्र भइरहेको छ : प्रचण्ड


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम एकता भत्काउन षडयन्त्र रच्नेहरुको खतरा रहेको बताएका छन् । 
 
अध्यक्ष प्रचण्डले एकतालाई अनिष्ट भयो भनेर तर्सेका दक्षिणपन्थी शक्तिहरुले वामपन्थीभित्रकै समूहहरुलाई उपयोग गरी एकता भत्काउन षडयन्त्र रच्नसक्ने खतरा रहेको औँल्याएका छन् । 
 
उनले पार्टी एकता गर्ने पहल सुरु भएपछि बिभिन्न कोणबाट विचार विमर्श भएको बताउँदै एकथरि शक्तिले विरोध र अर्कोथरिले समर्थन गरेको चर्चा गर्दै भने, ‘राजनीतिक, वैचारिक, सैद्धान्तिक र जनताको जीवनमा असर पर्ने किसिमले पनि बहस सुरु भएको छ । एकथरिले अनिष्ट सुरु भयो भनेका छन् । अधिनायकवादतिर जान्छ, निरंकुशतिर गयो भन्ने पनि सुनेको छु । कसैले बिलकुल ठीक भयो, पहिल्यै हुनुपथ्र्यो, तर अब ठीक छ भनेर अनुमोदन गरेका छन् ।’
 
अध्यक्ष प्रचण्डले वाम एकताले नेपाली समाजको समृद्धि, स्थायित्व विकास र सुशासनको जनताको चाहनालाई पूरा गर्ने भन्दै जनताले अनुमोदन गरेपनि यसलाई अनिष्टको संज्ञा दिनेहरुले षडयन्त्र गर्नसक्ने दाबीसमेत गरे ।
 
उनले भने, ‘वाम एकताको घोषणाले पैदा गरेको तरंग अरु सबैभन्दा ठूलो छ । यो आम जनताका लागि सकारात्मक र अर्कोपक्षका लागि नकारात्मक छ । यी दुई कित्ताका बीचमा द्धन्द्ध हुनेवाला छ ।’