मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

न्यूयोर्क अमेरिकाकै सबैभन्दा फोहोरी शहर

न्यूयोर्क अमेरिकाकै सबैभन्दा फोहोरी शहर


फागुन ११, न्यूयोर्क । अमेरिकी शहर न्यूयोर्क अमेरिकाकै सबैभन्दा फोहोरी शहर बनेको एक सरकारी तथ्याङ्कको समिक्षाले देखाएको छ । सरसफाई सेवा प्रदायक कम्पनी विजी विले अमेरिकन हाउजिङ सर्वे, वातावरण संरक्षण संस्थाको वायु प्रदुषणसम्बन्धी तथ्याङ्क र अमेरिकी तथ्याङ्क कार्यालयको तथ्याङ्क समिक्षा गरेर यस्तो प्रतिवेदन तयार पारेको हो ।
 
न्यूयोर्कमा अमेरिकाको अन्य ठाउँमाभन्दा धेरै फोहोर र किरा फट्याङग्राको सङ्ख्या पनि अन्यत्रभन्दा धेरै रहेको प्रतिवेदनमा उल्लेख छ । सो प्रतिवेदनमा ४० ओटा शहरी क्षेत्रलाई वर्गिकरण गरिएको थियो । विग एप्पलका नामले समेत परिचित न्यूयोर्क शहर विजी विको फोहोरी सूचकमा ४ सय २७ दशमलव ९ अङ्क हासिल गर्दै शीर्ष स्थानमा आएको छ भने लस एन्जलस दोस्रो स्थानमा आएको छ । उसले ३ सय १७ दशमलव ८ अङ्क हासिल गरेको छ ।
 
न्यूयोर्कका करीब ९ लाख ४ हजार जना मानिसले आफ्नो घर वरिपरिको सडक र आफ्नो क्षेत्र फोहोर भएको पाएका थिए भने २३ लाख मानिसले त्यहाँ मुसा र साङ्लाहरुको विगविगि भएको बताएका थिए । न्यूयोर्क जनसङ्ख्याका आधारमा पनि पहिलो स्थानमा छ । यहाँ प्रतिवर्गमाइल २८ हजार जना मानिसको बसोबास रहेको छ । एजेन्सी