मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भारतीय ट्रक दुर्घटनामा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

भारतीय ट्रक दुर्घटनामा एक जनाको मृत्यु, दुई गम्भीर घाइते


चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा भारतीय ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
 
उनीहरुको पहिचान खुलेको छैन । घाइतेलाई उपचारका लागि भरतपुर ल्याइएको चितवन प्रहरीले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित घुमाउनेमा बिहीबारबिहान ३:५० बजेको समयमा सो दुर्घटना भएको थियो । 
 
सुनौलीबाट काठमाडौँ जाँदै गरेको बिआर ३२ बीएन ३१०९ नंको भारतीय ट्रक ओभरटेक गर्ने क्रममा आफैँ अनियन्त्रित भई सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ ।
 
ट्रक सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको हो । उद्धारका लागि प्रहरी टोली घटनास्थलमा रहेको प्रहरीले जनाएको छ ।