विचार / ब्लग

कम्युनिष्ठ भियतनामको उदारबादी अर्थतन्त्र

599 पटक पढिएको

- अंगराज तिमिल्सिना

ब्लग | 21st Feb 2018, Wednesday | २०७४ फाल्गुन ९, बुधवार १३:००
पोहोर साल डा स्वर्णीम वाग्ले जि ले भियतनामको आर्थीक प्रगतीका बारे "ससुराली आउन पनि अब त लाज लाग्ने भो" भन्ने घत लाग्दो फेसबूक पोष्ट लेख्नु भएको थियो । गत हप्ता त्यही भियतनाम काम कै सिलसिलामा फेरी देख्ने मौका मिल्यो । बास्तब मै कम्युनिष्ठ भियतनामको उदारबादी अर्थतन्त्र अहिले बिश्वमा आँट्यो भने बिकास त हुँदो रैछ त भन्ने गजबको नमूना बन्दै गएको छ ।
 
यो बर्षको APEC को आयोजक राष्ट्र भएकाले भियतनामले २०१७ का APEC का बिभिन्न बैठक आयोजना गरिरहेको छ र मलाई पनि सुशासन र बिकासको एउटा "सिनियर अफिसियल" को बैठकमा बोल्न बोलाएको थियो । अक्सर हामी प्रजातन्त्र भन्ने बित्तिकै राजनीतीक स्वतन्त्रता वा सशक्तीकरण भए पछी मात्रै बिकास सम्भब छ भन्ने मान्यता राख्छौं । आर्थीक उदारीकरण, आर्थीक शसक्तीकरण, आर्थीक बिकेन्दृकरण, बिश्व बजार संगको प्रतिष्पर्धा, बैदेशीक लगानी भित्र्याउने क्षमता आदी पनि प्रजातन्त्र र सुशासन कै पाटो हुन भन्ने कुरा बिर्सिन्न्छौं ।
 
राजनीतीक सशक्तीकरणका हिसाबले नेपाल निक्कै उदारबाद तिर गएको छ तर नेपालका कम्युनिष्ठ देखी गैर कम्युनिष्ठ सम्मले दलाल पूँजीबादको राजनीती परिभाषा र समाजबादी क्रान्तीको औचित्य प्रष्ट्याउन मै गत ७ दसक खर्चिएका छन । दलाल भन्ने शब्द (चाहे पूँजीबाद हो वा राजनीती) अहिले खुब च र्चा मा छ नेपालमा ।
 
"एक पार्टी कम्युनिष्ठ राज्य सत्ता" भएको भियतनामले पूँजीबाद र खुला आर्थीक नीतीको फाइदा लाई "मेक्सिमाइज" गर्ने र "बेफाइदा लाई "मिनिमाइज" गर्दै अघी बढेको छ भने हामी कहाँ कि त पूँजीबाद दलाल बाद नै हो वा पूँजीबाद सर्बोपरी हो भन्ने अन्ध बाद बिद्दमान छ । सर्सर्ती के भने हामीले राजनीतीक रुपले मात्र होईन आर्थीक रुपले संघीयतालाई अघी बढाउन सकेनौं भने फेरी कि सिके रावत कि बिप्लब माओबादीका राजनीतीक मुद्दामा अल्झिने छौं ।
 
सन १९८६ मा "दोइ मोइ" (रिनोभेसन - रिकन्स्ट्रक्स का नामले चिनिने समाजबादी चरीत्रको बजारमुखी अर्थतन्त्रका लागी सुरु गरिएको सुधार कार्यक्रम) ल्याए यता चीनकै बाटो मा करीब धेरै बर्ष सम्म झण्डै ७ % कै हाराहारीमा आर्थीक बृद्दीदर मात्र कायम भएको छैन, भियतनामले सफलता पूर्बक धेरै मात्रामा बिदेशी लगानी भित्राएको छ, आर्थीक बिकेन्द्रीकरण गर्न र प्रदेशलाई आफ्नै तरीकाले बिकास गर्ने बाताबरण बनाउन अघी बढेको छ, बिगतमा कृषीमा आधारित अर्थतन्त्र लाई उध्योग र सेवा क्षेत्रमा आधारित बनाउन सफल भएको छ, र नीजी क्षेत्र र बैदेशीक लगानी ले निर्यात अभिबृद्दीमा ठूलो टेवा पुर्याएको छ ।
 
सन २०१६ मा मात्रै झण्डै १६ अरब डलरको बैदेशीक लगानी भितृएको भियतनामको ग्रायस्त उत्पादनमा उध्योगको हिस्सा ३९ % र सेवा क्षेत्रको हिस्सा ४४% पुगेको छ । गत २५ बर्षको प्रयासले बिजुलीमा प्राय सबै जन संख्याको पौंच पुगेको छ; रोड, ऐर्पोर्ट आदीमा उल्लेख्य सुधार आएको छ । आर्थीक बृद्दीदर समग्रमा समानता मूलक रहेकाले चरम गरीबी ५०% बाट ३% मा घटेको छ ।
 
म अहिले सम्म ८९-९० देश पुगे । कुनै देशको बिकासको अवस्था छिट्टै दुई कुराबाट पत्ता लाग्छ । पहिलो, राष्ट्रीय र अन्तराष्ट्रीय बिमानस्थलमा खासै भिन्नता नहुनु । मैले भियतनाम मा घरेलु बिमान्स्थल अन्तराष्ट्रीय बिमानस्थल जस्तै सफा र ब्यबस्थित पाए । १७ बर्ष अघी जाँदा त्यहाँ का बिमान्स्थल हाम्रै जस्ता थिए । गरे त हुँदो रैछ तर हाम्रो एउटै बिमानस्थल गत १७ बर्षमा जस्ताको तस्तै छ ।
 
दोश्रो कुरा बिदेशी बस्ने र स्वदेशी बस्ने दुई खालका होटल को अवस्था जनताको जीबनस्तर बढ्यो भने मेटिदै जाने । म गएको शहर ना ट्रां मा बिदेशी संग संगै अरु शहर बाट आएका भियतनामी हरु ४-५ तारे होटल मा बसेको देखे । हामी कहाँ बिराट नगर वा धनगढी बाट (न कि बिदेशका एनआरएन हरु) काठमाण्डौं आउँदा सिधै सोल्टी वा हायाटमा गएर बस्न सक्ने हैसियत भएका दिन कहिले आउने ? गत ३-४ दसकमा आर्थीक बिकास हाम्रो प्रार्थमिकता परेको भए सायद यी दिन पनि आउथे होला !
 
भियतनामको यो पालीको बसाई मा १७ बर्ष पहिलाको जस्तो अजिंगरको माला लगाउने वा अ मेरीकीले युद्द ताका गरेका ज्याद तीका संग्राहलय आदी हेर्ने काम गरिएन तर धेरै बिदेशी बिच लोकप्रिय समुन्द्रको लामो केबल कार चढेर Nha Trang को Vinpearl भन्ने Theme Park चाँही गइयो ।
 
अरु भोगेका रोचक कुरा के भने बोर्डिङ पासमा "भि आइ पी" छाप हानेको मैले भियतनाम मा मात्र पाए भने अर्थतन्त्र उदारबादी भए पनि सुरक्षा निकायका बर्दीवाल लाई हेर्दा स्टालिन को रुस को झलक दिने उनीहरुको बर्दी बाट । जबर्जस्ती हाँस्न लाएर फोटो खिचियो उनीहरुसंग । उसो त ना ट्रांग लगायतका केही शहरहरु र त्यहाँका रिसोर्टहरु रस्सियन का लागी धेरै पपुलर रहेछन । ना ट्रांग त साँझ तिर रस्सीया नै हो कि जस्तो देखिने धेरै रुसी हरुको भिडभाडले । राती डिस्को बाट बाहिर निस्किदै गरेका र रक्सी लागेका अमेरीकन ट्युरिस्टले "F रस्सियन" र रस्सियनले "F अमेरिकन" भनेको सुन्दा शित युद्दकै झलक दिन्थ्यो ।
 
एउटा खट्केको कुरा के भने APEC वा ASEAN का बैठक हरुमा भाग लिदा हामी सार्क क्षेत्र वालालाई इर्श्या लाग्ने । कुन देश होईन कुन अर्थतन्त्र (इकोनोमी) भनेर परिचय दिनु पर्छ यी बैठकमा । क्षेत्रीय र अन्तराष्ट्रीय आर्थीक अभिबृदीका लागी यी संगठनहरु प्रभाबकारी छन भने हाम्रो सार्क भारत र पाकिस्तान दुई देश बिचको राजनीतीको सिकार भएको छ र दक्षीण एशीयाको क्षेत्रीय आर्थीक बिकास र "इन्टीग्रेसन" प्रभाबित छ ।
 
On a lighter note, भियतनामले राम्रै बिकास गरी रहे पनि मोटर्बाइक भने राष्ट्रीय पहिचान जस्तै । मोटर साइकल चढ्ने वा प्रयोग गर्ने हरु, बिशेष गरी हो चि मिन (साइगन) शहर मा स्याउस्याउती । ठीक त्यसरी नै खेतमा काम गर्दा लगाउने भियतनामी टोपी बिश्व प्रख्यात छ । अर्को कुरा डलर चेन्ज गर्दा भियतनाम मा आफु एकै चोटी लखपती महसुस हुने । नोट पनि ५ लाख सम्म का । अस्तु !!! लेखको फेसबुकबाट साभार