मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टीपीएस नविकरणका लागि नेपालले अमेरिकालाई पत्र नलेख्ने

टीपीएस नविकरणका लागि नेपालले अमेरिकालाई पत्र नलेख्ने


हिमालयखवर संवाददाता
काठमाडौँ- नेपाल सरकारले अमेरिकामा नेपालीले पाएको काम गर्ने र बस्ने सुविधा टेम्प्राररी प्रटेक्ट स्टाट्स (टीपीएस) नविकरणका लागि अमेरिकालाई औपचारिक पत्र भने नपठाउने भएको छ । 
 
परराष्ट्र मन्त्रालयका सचिव शंकर वैरागी दाहालले एनआरएनए अमेरिकाका केही पदाधिकारीसँगको भेटमा उक्त जानकारी दिएका हुन् । अमेरिकी सरकारका सम्बद्ध निकायका अधिकारी समक्ष हामीले टीपएस नविकरणका लागि सकारात्मक भईदिन भनेका छौँ सचिव दाहालको भनाई उदृत गर्दै ती पदाधिकारीले भने तर, आधिकारिक रूपमा पत्र भने हामीलाई पठाउन केही व्यवहारिक समस्या छ, त्यसैले नपठाउने पक्षमा छौँ । 
 
टीपीएस पाउने कयौँ नेपालीले अमेरिकामा राजनीतिक शरणका लागि निवेदन दिएकाले सरकारलाई लिखित पत्र पठाउन व्यवहारिक समस्या परेको हो । अमेरिकामा राजनीतिक शरण माग गर्दै निवेदन दिदां प्राय सबैले नेपाल जाँदा ज्यान जोखिम हुने नेपाल सरकारले पर्याप्त सुरक्षा नदिने, कुनै राजनीतिक पार्टीबाट ज्यानको खतरा रहेको जस्ता विवरण बताउने गरिन्छ । 
 
नेपालका विरुद्ध विभिन्न कुराहरू उल्लेख गरी शरणार्थीका लागि निवेदन दिइने हुदां पनि टीपीएसका लागि औपचारिकपत्र पठाउन समस्या छ, सचिव दाहालले भने । 
 
एनआरएन अमेरिका लगायत विभिन्न संघ संस्था तथा व्यक्तिहरूले टीपीएस नविकरणका लागि पहल गरिदिन वासिङ्टन डिसी स्थित दूतावास मार्फत सरकारसँग आग्रह गर्दै आएका छन् ।
 
कुनै पनि देशमा दैवि प्रकोप वा विपत्ति आएको अवस्थामा त्यस बेला अमेरिका बस्ने त्यहाँका नागरिकलाई अमेरिकाले टीपीएस सुविधा दिन्छ । नेपालमा साढे दुई वर्ष अघि गएको महाभुकम्पका कारण यहाँ बस्ने नेपालीलाई टीपीएस दिइएको थियो । करिब १२ हजार नेपालीले टीपीएस सुविधा लिएका छन् । यसरी टीपीएस पाउनेले उक्त अवधिसम्म अमेरिकामा वैधानिक रूपमा काम  गर्न र बस्न सक्छन् । नेपालीले पाएको टीपीएसको समय जुलाई महिनामा सकिदंै छ । 
 
टीपीएस भएका र यहाँ राजनीतिक शरणका लागि निवेदन दिएका केहीले टीपीएएस हुदां समस्या पनि आएको छ । टीपीएस हुदां सम्म वैधानिक रूपमा अमेरिका बस्न पाइने भएकाले शरण माग गरी पर्खिएका केहीलाई समस्या आएको हो ।  
 
ह्वाइट हाउस अहिले टीपीएसका पक्षमा सकारात्मक छैन । यसले पनि नेपालीले पाएको टीपीएस नविकरण हुन्छ हुदैंन भन्नेमा अन्योल छ ।