मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टीपीएस, टेक्ससमा कन्सुलेट र नेपाली वस्तुको विक्री विस्तारबारे परराष्ट्र सचिवसँग एनआरएनए पदाधिकारीको छलफल

टीपीएस, टेक्ससमा कन्सुलेट र नेपाली वस्तुको विक्री विस्तारबारे परराष्ट्र सचिवसँग एनआरएनए पदाधिकारीको छलफल


हिमालयखवर संवाददाता
अमेरिका- गैर आवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय पदाधिकारीले अमेरिका टेक्सस लगायत नेपालीको बाक्लो बस्ती रहेका सहरमा कन्सुलेट कार्यालय स्थापना गर्न नेपाल सरकारसँग अनुरोध गरेका छन् । नेपालका परराष्ट्र सचिव शंकर बैरागी दाहालसँगको भेटका अवसरमा एनआरएनएका पदाधिकारीले उक्त आग्रह गरिएका हुन्  । 
 
विदेशमा बस्ने नेपाली समुदायलाई सुविधा दिन नेपाल सरकार सधैँ तत्पर रहेको हुदां टेक्सस लगायतका स्थानमा कन्सुलेट स्थापना गर्न परराष्ट मन्त्रालय सकारात्मक छ बैठकमा सहभागीले हिमालयखवरसंग भने ।  
 
पराराष्ट्र सचिवसँगको भेटमा मुख्य तीनवटा विषयमा कुराकानी भएको थियो बैठकका सहभागी एनआरएनए अमेरिका क्षेत्रका संयोजक गौरी जोशीले भने टीपीएस नविकरण, टेक्ससमा कन्सुलेट कार्यालय र नेपाली समानको विदेशमा विक्री बढाउने विषयमा छलफल भएको थियो । यी तिनै विषयमा सचिव दाहाल सकारात्मक हुनुहुन्छ जोशीले भने नेपाल सरकार अमेरिकाले नेपालीलाई दिएको टीपीएस सुविधा नविकरण होस भन्ने पक्षमा रहेको, बढी नेपाली बस्ने सहरमा कन्सुलेट कार्यालय खोल्न सकारात्मक रहेको सचिव दाहालले बताउनु भयो । 
 
टेक्ससका नेपालीले यस अघि पनि नेपाल सरकारका वरिष्ठ अधिकारीहरुसंग त्यहाँ कन्सुलेट कार्यालय स्थापनाका लागि आग्रह गर्दै आएका थिए । नेपालीको सङ्ख्या ठुलो रहेको स्थानमा कन्सुलेट कार्यालय नहुदां त्यहाँ बस्ने नेपालीलाई राहदानी, अख्तियारनामा बनाउन संकट हुदैं आएको छ । अहिले यी कामका लागि वासिंटन डीसीनै पुग्नुपर्ने बाध्यता छ । 
 
नेपाली समानको विदेशमा विक्री प्रवर्द्धन गर्ने बारेमा पनि परराष्ट्र मन्त्रालयले सहयोग गर्न तयार छ जोशीले भने । यसमा व्यवसायी र सरकार मिलेर अगाडी बढ्न सकिन्छ उनले भने।
 
उक्त भेटमा एनआरएनए महासचिव डा ब्रदी केसी, एनआरएनए सल्लाहकार हरिबोल भण्डारी, एनआरएनए कार्यालय प्रमुख डा हेमन्त दवाडी, अमेरिका क्षेत्र संयोजक जोशी लगायतको सहभागिता थियो ।
 
अमेरिका र अष्ट्रेलियका क्षेत्रीय संयोजक एनआरएनए आईईसीको बैठकमा पर्यवेक्षक 
 
एनआरएनए अमेरिका र अष्ट्रेलियका क्षेत्रीय संयोजक आईर्ईसीको बैठकमा पर्यवेक्षकका रूपमा सहभागी हुने भएका छन् । यी दुई क्षेत्रबाट आईईसीमा कसैको पनि प्रतिनिधित्व नरहेकाले पर्यवेक्षकका रूपमा क्षेत्रीय संयोजकलाई सहभागी गराउने निर्णय भएको हो । 
 
आईईसी एनआरएनए कार्यसम्पादनका लागि आईपर्ने निर्णय लिने मुख्य निकाय हो । 
 
एनआरएनए डा बद्री केसीले यी दुई स्थानका क्षेत्रीय संयोजक (आरसी)लाई बैठकमा राख्ने निर्णय भएको जानकारी दिएका हुन् । यस अनुसार अव अमेरिका क्षेत्रबाट आरसी गौरी जोशी उक्त आईईसीको बैठकमा सहभागी हुने छन् ।