मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सौराहाको थारु सांस्कृतिक संग्रहालयमा सय वर्ष पुराना फोटो संग्रह

सौराहाको थारु सांस्कृतिक संग्रहालयमा सय वर्ष पुराना फोटो संग्रह


चितवन । चितवनको सौराहामा रहेको थारु सांस्कृतिक संग्रहालय तथा अनुसन्धान केन्द्रमा एक सयवर्ष पुराना फोटो संग्रह गरिएको छ । 
 
संग्रहायलका संरक्षण वासुदेव चौधरीका अनुसार औलो रोग उन्मूलनअघिका तस्वीर संग्रह गरिएका छन् । सो समयमा चितवन झरेका समुदायका तस्वीरसमेत यहाँ रहेका छन् । थारुका रहनसहन र हस्तकलाका तस्वीर पनि ल्याइएको छ । 
 
दीर्घमान फाउण्डेसनका किरण चित्रकार र अष्ट्रेलियन विश्वविद्यालय, अमेरिकाको विश्वविद्यालय र युएसएडमार्फत तस्वीर उपलव्ध भएका हुन् । 
फोटो ल्याउनका लागि नेपाल पर्यटन बोर्डले सहयोग गरेको संग्रहालयका अध्यक्ष वीरेन्द्र चौधरीले जानकारी दिए । केही किनेर र केही निःशुल्कमा तस्वीर ल्याइएको हो । 
 
अन्य तस्वीर निःशुल्क रुपमा फोटो खिच्न नपाउने गरी प्रदर्शनका लागि मात्रै दिइएको चौधरीले जानकारी दिए । यहाँ करिब १०६ वर्ष अघिसम्मका तस्वीर रहेका छन् । उनका अनुसार यहाँ अहिले ४८ वटा तस्वीर ल्याएर राखिएको छ । 
 
एक सयवर्षअघि थारु समुदायले जंगलबाट नियन्त्रणमा लिएर हात्ती पाल्थे । त्यही हात्तीमा चढेर राणा तथा राजाहरुले शिकार गर्थे । चितवनको रत्ननगरस्थित सौराहामा रहेको उक्त संग्रहालयमा थारु जातीको रहनसहन, वेषभूषा, मौलिक क्रियाकलाप, औजार प्रतिमा र तस्वीर बनाएर राखिएको छ । यहाँ पर्यटक शुल्क तिरेर अवलोकन गर्न आउछन् ।
 
यहाँको आदिवासी समुदाय थारुको पहिचान नहराओस् भनेर २०६२ सालमा संग्रहालय खोलिएको हो । यहाँ वार्षिक १२ देखि १५ हजारसम्म पर्यटक आउने गरेका छन् ।